Logo

२०८३, आश्विन ९गते


images
images

रिडीमा भेटियो १६२ वर्ष पुरानो शिलालेख

रिडीमा भेटियो १६२ वर्ष पुरानो शिलालेख

images
  • सेतोमसी सहकर्मी
  • रिडीमा भेटियो १६२ वर्ष पुरानो शिलालेख
    images
    images

    गुल्मी । गुल्मीको रिडी बजारको शोभा भगवती मन्दिर परिसरमा पुरानो अतिथि भवन भत्काउने क्रममा भेटिएको  शिलालेख आज भन्दा १६२ बर्ष अघिको रहेको तथ्य फेला परेको छ। बिक्रम संवत १९१७ मा तत्कालिन नेपाल उपत्यका हालको भक्तपुर भादगाँउ चासुखेलबाट मन मलेपति ९ नेवार समुदाय का ब्यक्तिले चार जना छोराहरु सहित रिडी आइ अहिलेको भगवति टोल जसलाइ त्यतिबेला  अ्मराइ टोल भनिन्थ्यो,  पित्रीहरुको स्मरणमा ढुङाको चौपारि बनाइ छाडेको शिलामा उल्लेख छ्। हालको अ्मराइ टोललाइ त्यो बेलामा अमरापुरि टोल भनि उल्लेखित छ्। यो ढुङाको चौपारि त्यहि हुन सक्छ जुन केहि बर्ष अघिसम्म पनि अस्तित्वोमा रहेको थियो। पछि रुरु प्राथमिक विद्यालयले बाटो बनाउनका लागि भत्काइएको थियो। 

    images
    images
    images
    325225404_607235184540726_1260574923165896785_n.jpg

    शिलामा उल्लेखित तथ्य 

    images
    images
    images

    नैपालि सम्वत ९८० शाके सम्वत् १७८२ सम्वत् १९१७ साल जेष्ठमासे शुक्लपक्षे ९षष्ठ्या०यां तिथौः रविवासरे सौरमाने दि९वसे० कृतिका १९८० मघा नक्षत्रे नैपालस् पश्चिमतर्फ रिडी धामे कृष्णगंधकि निकटेः श्रीऋषिकेश चरणेः गुल्मी देसेः अमरापुरि नगरे नेपाल भातगाउ चासुषेल टोल बस्नि मानवगोत्र मलपति ९म०न सेपुत्र भाजुराम सेपुत्र भाजुनारान सेपुत्र भिमनारां कनिष्ठ पुत्र सिद्धिनारां स्मेत लगाइ ढुंगाका चौपारि बनाई कीर्ति राषि पर्लोगपित्रपिता उद्धार निमीत्त। यो शिलापत्र गरि स्थापना गर्याको हो। शुभम्॥ राम॥

    images
    images
    images

    माथि उल्लेखित शिला लेखलाई  वासु बन्धुले  सरल र बुझिने भाषामा उल्था गरि थप तथ्यहरु उपलब्ध गराएका हुन  । रुरुक्षेत्रमा रहेका अनेकौँ मठ मन्दिरहरुमा शिलालेख हरु अध्यावधि छँदैछन् तर ती शिलालेखको खोजिनिति गर्दै इतिहास सँरक्षण आवस्यकता रहेको रिडीबजारका युवा सुन्दर कसजुले भने । उनका अनुसार रुरुधामको धार्मिक साँस्कृतिक र ऐतिहासिकता जोगाउन यथासिध्र यो क्षेत्रमा धार्मिक र पौराणिक सँग्राहलय आवस्यक रहेको उनको जोड छ ।त्यसो त रुरुक्षेत्र बृहतत्तर विकास आयोजनामा सँग्राहलय बनाउने योजना समेटिएको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने । 

    पछिल्लो समय रुरुधाममा आकर्षण बढेको छ तिनमुखे पुल सँगै यो क्षेत्रका मठमन्दिरको प्रचारप्रसारका कारण यहाँ  आउने धार्मिक पर्यटक मात्रै होईन आन्तरिक र वाह्य पर्यटकको सँख्या बढ्दै गर्दा रुरुधामको सौन्दर्य करण र साँस्कृतिकको झलकले पर्यटक तान्न सबैका ध्यान जानू जरुरी छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।