Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगर अस्पतालमा स्वास्थ्य विमा प्रथम सेवा विन्दुको सुरूवात

देवदह नगर अस्पतालमा स्वास्थ्य विमा प्रथम सेवा विन्दुको सुरूवात

images
  • देवदह नगर अस्पतालमा स्वास्थ्य विमा प्रथम सेवा विन्दुको सुरूवात
    images
    images

    देवदह । देवदह नगर अस्पतालमा स्वास्थ्य विमा प्रथम सेवा विन्दु (स्वास्थ्य विमाको रिफर सेन्टर) को सुरूवात भएको छ। प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शुक्रबार एक कार्यक्रमका बीच स्वास्थ्य विमा प्रथम सेवा विन्दु कार्यक्रमको सुरुवात गरेका हुन् । 

    images
    images
    images

    सांसद विश्वकर्माले नागरिकको स्वास्थ्यनै पहिलो प्राथमकिता भएको बताउंदै स्वाथ्य बिमा कार्यक्रमलाई प्रत्यक नागरिकको पहुँचमा पुग्ने गरि काम गर्न नगरपालिकालाई आग्रह गरे । स्वाथ्य बिमा कार्यक्रम नागरिकका लागि फलदायी भए पनि सर्वसाधारणलाई सहि ढंगले बुझाउन नसक्दा प्रभावकारी हुन नसकेको बताउंदै सांसद विश्वकर्माले जनतालाई सरल ढंगले स्वास्थ्य बिमा सम्बन्धि जानकारी गराएर नागरिकलाई स्वाथ्य बिमा कार्यक्रममा जोड्नुपर्ने बताउनुभयो। केपी ओली नेतृत्वको सरकारको पालामा एक नगर एक अस्पताल कार्यक्रम ल्याएको र वडाका स्वास्थ्य केन्द्रलाई समेत चुस्तदुरुस्त रुपमा संचालन गरि नागरिकलाई स्वास्थ्य सेवा दिन आग्रह गरे । 

    images
    images
    images

    देवदह नगरपालिका प्रमुख धुब्र प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल, स्वास्थ्य विमा रुपन्देहीका संयोजक दिपकमणि पौडेल लगायतले आ–आफना भनाई राखेका थिए  । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    हाल देवदह नगरपालिकामा स्वास्थ्य बिमा गर्ने नागरिक ११ हजारभन्दा बढिरहेको र प्रत्येक वडामा १ जना बिमाकर्ता खटाएर नागरिकको स्वास्थ्य बिमा कार्यक्रम संचालन भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । 

    योसंगै देवदह र आसपासका बासिन्दालाई बीमा सुविधा लिन सहज हुने भएको छ। यसअघि देवदह क्षेत्रका नागरिकलाई बिमा सुविधा लिन बुटवल प्रादेशिक अस्पताल र भैरहवासम्म धाउनुपर्ने स्थिति थियो। 

    असोज १० गते उद्घाटन भएको अस्पतालमा १० सैया रहेका छन । माघ १२ गते  देवदह नगर अस्पताल र स्वास्थ्य वीमा बोर्डबीच सम्झौता भई फाल्गुन १ गतेबाट स्वास्थ्य वीमा कार्यक्रम सुरू गरिने भनिएपनि केहि हप्तापछि सेवा सुरू भएको  हो। 

    प्रथम सेवा विन्दुको रूपमा काम गर्ने अनुमति पाएपछि नगर अस्पतालमा उपचार हुन नसकेर बाहिर अस्पताल पठाईएका विरामीले समेत ती अस्पतालमा प्राप्त स्वास्थ्य बिमाले कभर गर्ने सुविधा निशुल्क प्रयोग गर्न पाउनेछन।

    वीमा कार्यक्रम अन्तर्गत ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरिका औषधि निःशुल्क पाउने व्यवस्था छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।