Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा स्तन क्यान्सरबारे सचेतना र्र्याली र महिला दौड

देवदहमा स्तन क्यान्सरबारे सचेतना र्र्याली र महिला दौड

images
  • देवदहमा स्तन क्यान्सरबारे सचेतना र्र्याली र महिला दौड
    images
    images

    देवदह । देवदह नगरपालिकामा स्तन क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ५ र देवदह नगर अस्पतालको आयोजनामा बुधबार स्तन क्यान्सरबारे सचेतना र्र्याली र महिला दौड प्रतियोगिता सम्पन्न भएको हो ।

    images
    images
    images

    देवदह नगर अस्पतालबाट सुरू भएको सचेतना र्र्याली पानबारी खेल मैदानमा पुगेर औपचारिक कार्यक्रमबीच समापन गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले खानपान र जीवनशैलीमा ध्यान दिए धेरै रोगबाट जोगिन सकिने बताए । उनले भने, "नयाँ नयाँ रोग जन्मिने र मानव जीवनमा जोखिम पुर्याउने क्रम जारी छ र यसको मुल कारण हाम्रो खानपान र जीवनशैली हो ।"

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै देवदह नगर प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रेले साना साना कुरामा हेल्चेक्र्याई गर्दा स्वास्थ्य समस्या निम्तिने बताए ।   "हामी नै हाम्रो स्वास्थ्यको पहिलो डाक्टर हौँ र हामीले नै हाम्रो स्वास्थ्यमा आएका स्वास्थ्य समस्या समयमै पहिचान गर्न सक्ने र समयमै उपचारको प्रक्रियामा जाने हो भने धेरै समस्या हल हुन्छ" उनले भने । 

    सो अवसरमा देवदह नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संज्ञा सेन तथा मेडिकल अधिकृत डा. सन्दीप लोहनीले स्तन क्यान्सरका लक्षण, स्तन क्यान्सर भए नभएको पत्ता लगाउने बिधी र उपचारका प्रक्रियाबारे जानकारी गराएका थिए ।

    औपचारिक कार्यक्रमपछि उमेर समूह अन्तर्गत छोटो दुरीको महिला दौड प्रतियोगितामा आयोजना गरिएको थियो ।  जसमा उमेर समूह ३५-४५  वर्षतर्फ जीवन कुमारी सुनुवार प्रथम, मिना मलला द्धितीय र लक्ष्मी थापा तृतीय तथा उमेर समूह ४५-५५  वर्षतर्फ चन्द्र कुमारी सेन प्रथम, बिन्दु लामिछाने द्धितीय र लालकुमारी खाम्चा तृतीय भएका थिए ।

    प्रतियोगीतामा बिजेतालाई मेडल र प्रमाणपत्र तथा सहभागीलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    यो महिनालाई स्तन क्यान्सरबारे सचेतना महिनाको रूपमा मनाउंदै विविध कार्यक्रम गरिने नगर अस्पतालले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।