Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगर अस्पताल स्थापनाको एक वर्ष पूरा, १७ हजार बढीले लिए स्वास्थ्य सेवा

देवदह नगर अस्पताल स्थापनाको एक वर्ष पूरा, १७ हजार बढीले लिए स्वास्थ्य सेवा

images
  • देवदह नगर अस्पताल स्थापनाको एक वर्ष पूरा, १७ हजार बढीले लिए स्वास्थ्य सेवा
    images
    images

    देवदह । संघीय सरकारको 'एक स्थानीय तह एक अस्पताल' को अवधारणा अनुरुप देवदहमा स्थापना भएको देवदह नगर अस्पताल स्थापना भएको एक वर्ष पूरा भएको छ । प्रथम वार्षिकोत्सब अस्पतालले विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

    images
    images
    images

    पहिलो वार्षिकोत्सबको अवसरमा संचालन गरिएको छाला सम्बन्धि रोगको नि: शुल्क शिविरमा जना सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको छ ।

    images
    images
    images

    त्यसैगरी सोही दिन आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३५ युनिट रगत संकलन भएको छ। 

    images
    images
    images

    अस्पतालको उद्घाटन समारोहमा बोल्दै देवदह नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङले नगर अस्पताल स्थापना भएपछि सर्वसाधारणको स्वास्थ्य उपचार सेवा सहज भएको बताइन । देवदहको गौरबको रूपमा सुरु गरिएको अस्पतालबाट देवादह्बासी मात्र नभएर सुनवल र पाल्पाका  नागरिकले समेत सेवा प्राप्त गरेको उल्लेख गर्दै उनले अस्पतालले  आउने दिनमा थप व्यवस्थित सेवा प्रवाह गर्ने बताईन। 

    देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगर अस्पतालको रोकिएको भौतिक संरचना निर्माणकार्य अगाडी बढाइने बताए । भौतिक पूर्वाधारलाई व्यवस्थित गरेर सुविधासम्पन्न भवनबाट अस्पतालले सेवा दिने बाताबरण मिलाईने उल्लेख गर्दै उनले नगरपालिकाले त्यसको लागि आवश्यक पहल गरिरहेको जानकारी दिए।  

    अस्पतालका प्रमुख डा. संज्ञा सेनले अस्पतालको प्रतिवेदन प्रस्तुत गर्दै अस्पताल संचालन भए देखि हालसम्म १७ हजार बढी विरामीले सेवा लिएको बताइन । अस्पताल बाट सेवा लिनेमा देवदह नगरपालिकाको अलवा नवलपरासी र पाल्पाको माथागढी र तिनाउ गाउँपालिकाका विरामी समेत रहेको डा. सेनले जानकारी दिइन । 

    स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष, साविक स्वास्थ्य चौकीका प्रमुख, अस्पतालका कर्मचारी, विभिन्न संघ संस्थालाई सम्मान समेत गरिएको थियो।

    कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनार, देवदह मेडिकल कलेजका प्रमुख गोपाल बहादुर पोखरेल लगायतले अस्पतालको थप सफलताको शुभकामना दिदै मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रम देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेको स्वागत तथा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगर अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।