देवदह । जनपक्षीय संयुक्त संयन्त्र देवदह नगर समितिले देवदह नगर अस्पताल प्रशासनसंग अन्तरक्रिया गरेको छ । पछिल्लो समय देखिएको औषधी अभाव र नगर अस्पतालको सेवा प्रवाहको विषयमा अन्तरक्रिया गरिएको हो । नगर अस्पतालमा राज्यले तोकेको निशुल्क औषधीबाट नागरिक बञ्चित भएको बारे सयन्त्रका सदस्यहरुले सो अवसरमा चासो ब्यक्त गरे ।
नगर अस्पतालले दिएको सेवा सुविधाको विषयमा आम नागरिकले गुनासो गरेपछि नगर अस्पताल प्रशासनसंग छलफल गरेको जनपक्षीय संयुक्त सयन्त्र देवदहका संयोजक टंकप्रसाद पोखरेलले बताए ।
दुवै पक्षवीच भएको अअन्तरक्रिया पछि नगर अस्पतालमा अवको एक साता भित्र औषधी उपलव्ध गराउने, नगर अस्पतालमा औषधीको अभावक हुन नदिने गरी व्यवस्थापन गर्ने, औषधी सकिनु भन्दा ३ महिना अगावै औषधी माग गर्न अस्पताल प्रशासन तयार भएको पोखरेलले जानकारी दिए ।
औषधी खरीदको लागि नगरपालिकाले न्यून रकम विनियोजन गरेका कारण औषधी खरीदमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । ‘प्रयाप्त बजेट नहुँदा समयमा औषधी नआउने र अस्पतालमा आउने सेवाग्राहीलाई समस्या परेको छ ।’ नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बञ्जाडेले भने “औषधी खरीद प्रक्रियाको लागि कानुन अड्चनका कारण समस्या समेत हुनेगरेको छ ।” शाखा प्रमुख बञ्जाडेले ठेकेदारको लापरवाहीका कारण नगर अस्पतालको निर्माणाधिन भवन समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए ।
नगर अस्पतालका डा. संज्ञा सेनले औषधीको अभाव भएपनि नागरीकलाई सेवा सुविधा प्रदान गर्दै आएको जानकारी गराइन् । उनले टेण्डर प्रक्रिया ढिलो भएका कारण नगर अस्पतालमा औषधीको समस्या हुने गरेको भन्दै स्वास्थ्य विमा कार्यालयले समयमा रकम नपठाउँदा समस्या आउने गरेको बताइन् ।
जनपक्षीय संयुक्त सयन्त्रको तर्फबाट बोल्दै अध्यक्ष पोखरेलले देवदहमा नगर अस्पताल संचालन भएपनि नागरिकले सेवा सुविधा नपाएको गुनासो गरे । उनले नगर अस्पतालमा सेवा लिन आउने नागरिकले प्रयाप्त मात्रामा औषधी नपाउने र स्वास्थ्य विमाको पहिलो विन्दु भएपनि औषधी बाहिरबाट किन्नुपर्ने नागरिकबाट गुनासो आएको बताए ।
अन्तरक्रियामा नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी, सयन्त्रका गोविन्द ठडराई, भिमलाल काफ्ले, ऋषिराम लामिछाने, शिशिर लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रमको संचालन संयन्त्रका सचिव दिपक न्यौपानेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology