Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास सम्बन्धि दुईदिने तालिम सम्पन्न

स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास सम्बन्धि दुईदिने तालिम सम्पन्न

images
  • स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास सम्बन्धि दुईदिने तालिम सम्पन्न
    images
    images

    देवदह । उप-प्रमुखसंग महिला अन्तरगत देवदह नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ। १२३औं  अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि आयोजित क्षमता विकासको एक कार्यक्रमबीच समापन गरिएको हो। 

    images
    images
    images

    334633087_582986607216582_4219529386471029360_n.jpg

    images
    images
    images

    सो अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेलले स्वास्थ्य स्वयंसेविकाहरूले समाजका हरेक तह र तप्कामा रहेका नगरवासीलाई निशुल्क सेवा दिए भन्दै स्वयंसेविकाको कामको प्रशंसा गरे।  नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाको कामको मुल्यांकन गर्दै सम्मान र पुरस्कृत गर्दै आएको उल्लेख गर्दै प्रमुख खरेलले देवदह नगरपालिकाको नगर सभाले स्वयंसेविकाको स्वास्थ्य विमा निशुल्क गर्ने निर्णय गरेको जानकारी गराए। उनले भने, "हामीले अलिकति भएपनि स्वयंसेविकालाई राहत होस् भनेर नगर सभाबाट स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य विमा निशुल्क गर्ने निर्णय गरेका छौं।  त्यसको कार्यान्वयन आजदेखि सुरू भएको छ।"

    images
    images
    images

    त्यसैगरी कार्यक्रममा बोल्दै नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्ले स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताइन। स्वास्थ्य स्वयंसेविकले निस्वार्थ रूपमा घरघरमा पुगेर स्वास्थ्यलाई समुदायसंग जोडेको बताउंदै उप-प्रमुख गुरुङले स्वास्थ्य स्वयंसेविकाको कामको प्रशंसा गरिन। १२३ औं  अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सधै झैँ उप-प्रमुखसंग महिला कार्यक्रम अन्तरगत महिलाई स्वास्थ्य स्वयंसेविकालाई तालिम दिन लागिएको उल्लेख गर्दै उप-प्रमुख गुरुङले स्वयंसेविकाको कामको उच्च मुल्यांकन हुने प्रतिबद्धता व्यक्त गरिन। 

    कार्यक्रममा बोल्दै नगर प्रवक्ता गणेश डुम्रेले स्वयंसेविकाको सेवा सुविधा सम्बन्धि कार्यविधि बनाएर त्यसलाई कार्यान्वयन गरिने बताए भने नगर स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले यस प्रकारका तालिमले स्वयंसेविकाको क्षमता विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। 

    सो अवसरमा स्वयंसेविकाहरूले तालिममा सिकेको कुराको चर्चा गर्दै उपप्रमुखसंग महिला कार्यक्रम र स्वास्थ्य शाखालाई धन्यवाद दिएका थिए। कार्यक्रममा स्वयंसेविकाहरू सरिता चौधरी, मीना श्रेष्ठ, राधा गिरि लगायतले बोलेका थिए। 

    तालिममा सहभागी रहेका ९७ जना स्वयंसेविकामध्य १८ जनालाई सम्मान समेत गरिएको उक्त कार्यक्रमको संचालन नगर स्वास्थ्य निरीक्षक गिरी तरामुले गरेका थिए। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।