देवदह । देवदहमा महिला स्वास्थ्य स्वयंसेविकालाई दुईदिने पुनर्ताजगी तालिम दिईएको छ । शुक्रबार देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले एक कार्यक्रम विच उक्त तालिमको उद्घाटन गरेका छन् ।

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिमको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले स्वास्थ्य क्षेत्रको विकासमा महिला स्वयंसेविकाहरूले पुर्याएको योगदानको चर्चा गरे । स्वयंसेविकाहरूको कामको प्रशंसा गर्दै खत्रीले नगरपालिका सधैं स्वयंसेविकाको साथमा रहेको बताए ।
देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्वासे, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
तालिममा देवदहमा कार्यरत ५७ जना महिला स्वास्थ्य स्वयमसेविका सहभागी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology