देवदह । २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा देवदह नगरपालिकामा अन्तरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका विभिन्न पालिकाका स्वयंसेविकाको उपस्थिति रहेको थियो ।
रुपन्देहीका १४ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितमा कञ्चन गाउँपालिका प्रथम, रोहिणी गाउँपालिका दोस्रो, सिद्धार्थ नगरपालिका तेस्रो र मायादेवी गाउँपालिका सान्तवना भएका छन् । प्रतियोगितमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुने पालिकाले क्रमश: नगद रु. ५,०००, रु. ४,०००, रु. ३,००० र २,००० सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा २०५० सालदेखि निरन्तर सक्रिय स्वयंसेविका रहँदै आएकी चमरी कलवारलाई बिदाइ तथा सम्मान गरिएको थियो । उनलाई एक लाख ५० हजार नगदसहित विदाई गरिएको जनाइएको छ ।
नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेल, सहित वडा अध्यक्ष तथा नगर प्रशासनका अधिकारीहरुले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology