देवदह । सातौं राष्ट्रिय देवदह उद्योग व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा संचालित खुल्ला वि लेवल पुरुष भलिवलको उपाधी मणिमुकुण्डले जितेको छ । फाईनल खेलमा न्यू होराईजन स्र्पोट क्लवलाई ३–१ के सेटमा हराउदै मणिमुकुण्ड भलिवल क्लवले उपाधी जितेको हो । फाईनल खेलमा मणिमुकुण्ड भलिवल क्लवले २५–१६, २५–१९, २५–२१ को सेटमा न्यू होराईन स्र्पोट क्लवलाई हराएको हो ।

यता न्यू होराईन स्र्पोट क्लवले २५–२३ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा लाङघाली समाज नवलपरासी तृतिय भएको छ । ईन्द्रेणी युवा क्लव देदवह–१, लाई सोझो सेटमा हराउदै लाङघाली तृतिय भएको हो । खेलमा २५–२०, २५–२१ मा सोझो सेट जित्न सफल भएको थियो । प्रतियोगिताका विजेता मणिमुकुण्ड भलिवल कलवले नगद ५१ ह्जार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा उपविजेता टिम न्यू होराईजन स्र्पोट क्लवले नगद ३१ ह्जार, शिल्ड र मेडल प्राप्त गरेको छ । तृतिय स्थान हासिल गर्न सफल लाङघाली समाज नवलपरासीले नगद १५ हजार, शिल्ड र मेडल प्राप्त गरेको देवदह भलिवल क्लवले जनाएको छ । प्रतियोगितामा सान्त्वना भएको ईन्द्रृणी युवा क्लव देवदह–१ ले नगद ५ हजार प्राप्त गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology