देवदह । सातौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन प्रवर्द्धन महोत्सवमा यहि फाल्गुन - ६ गते देखि संचालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा उपाधीका लागि न्यु होराइजन र मणिमुकुन्द क्लब भिड्ने भएका छन् ।
मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजनले लाङ्घाली युवा क्लब नवलपरासीलाई २५-९ र २५-२० सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा मणिमुकुन्द क्लबले इन्द्रेणी युवा क्लब देवदह -१ लाई २५-८ र २५-९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
बुधबार हुने खेलमा तेस्रो स्थानका लागि इन्द्रेणी र लाङ्घाली युवा क्लब विच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे देखि सुरु हुनेछ ।
फाइनल खेल मणिमुकुन्द र न्यु होराइजन बिच दिउँसो १ बजे देखि सुरु हुने महोत्सवका खेल संयोजक रमेश थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद ३१ हजार शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टिमले नगद पाँच हजार प्राप्त गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology