Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा सुरज बिरही रामदामको  'नफक्रेका फ़ूलहरु' बिमोचन

देवदह महोत्सवमा सुरज बिरही रामदामको  'नफक्रेका फ़ूलहरु' बिमोचन

images
  • देवदह महोत्सवमा सुरज बिरही रामदामको  'नफक्रेका फ़ूलहरु' बिमोचन
    images
    images

    देवदह । रुपन्देहीको देवदह-९ भलुही निवासी साहित्यकार सुरज बिरही रामदामको पाँचौ कृती तथा पहिलो गीत संग्रह 'नफक्रेका फूलहरु' नामक पुस्तक बिमोचन भएको छ ।

    images
    images
    images

    फाल्गुण ६ गते देवदहमा संचालित सातौ राष्टिय औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ को बृहत कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष मेघराज ढकाल, गायक तथा संगितकार तेजु अर्याल, उद्योग व्यापार संघका संस्थापक अध्यक्ष गोबिन्द ठडराई, गणेश कुमार खाती, केशर बहादुर पुन लगायतले संयुक्त रुपामा पुस्तकको बिमोचन गरेका हुन् ।

    images
    images
    images

    बिमोचित कृतिमा एक सय वटा गीत समावेश गरिएको छ। पुस्तकमा समाबेश गरिएको 'यति धेरै माया गर्छु' बोलको गित रेकर्ड समेत भैसकेको जनाइएको छ ।

    images
    images
    images

    बाल्यकालदेखीनै साहित्यमा रुचि राख्ने रामदामले विद्यार्थीकालिन अवस्थादेखि कलम चलाउन थालेका हुन् । रामदामको यो पाचौं कृति हो । यसअघि 'विछोडका वेदना' कविता सङ्ग्रह, मुग्लानीको कोशेली, अाँशुको ताल, खड्का सिंह रामदामको जीवनी प्रकाशित र 'अमुल्य माया' बोलको आधुनिक गित रेकर्ड समेत भैसकेको छ ।

    बाग्लुङ्गको तित्याङस्थित सिगाना माध्यामिक विद्यालयबाट अध्ययन सकेर भारतको आन्ध्र प्रदेशमा २० वर्ष जागीरे जीवन बिताएका रामदामले जागीरसङ्गै अध्ययनलाई समेत निरन्तरता दिदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।