देवदह । माघ २६ देखि देवदह मण्डपमा सातौं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन प्रबर्द्धन महोत्सव संचालन भैरहेको छ ।
देवदह महोत्सवमा व्यावसायिक प्रायोजनका स्टल, साङ्गितिक प्रस्तुति, पिङ, बाल उद्यान जस्ता मनोरंजनका क्रियाकलाप मात्र होइन, विभिन्न अतिरिक्त कार्यक्रमहरु पनि संचालन भैरहेको छ ।
जस अन्तर्गत स्कुलस्तरिय छात्रा भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, रक्तदान कार्यक्रम सम्पन्न भैसकेका छन् । त्यस्तै पुरुष खुल्ला भलिबल प्रतियोगिता, डान्सिङ्ग आइडल र सिङ्गिङ आइडल जारी छ ।
महोत्सवमा सिङ्गिङ्ग आइडल
देवदह महोत्सवमा माघ २१ गते भएको सिङ्गिङ्ग-डान्सिङ्ग आइडलको अडिसन राउण्डबाट सिङ्गिङ्ग तर्फ १२ जना र डान्सिङ्ग तर्फ १६ जना छनोट भएका थिए।
सिङ्गिङ्ग आइडल तर्फ अडिसन राउण्डमा सहभागी भएका २८ जना मध्यबाट उत्कृष्ट प्रस्तुति दिएका १२ जना लाइभ राउन्डमा छनौट भएका थिए ।
छनौट भएका राज चौधरी, सुरज खाती, स्मृति परियार, मोनिका पाण्डे, मनिष सारू, तिलक घर्ती मगर, आशिक हितांग, स्पर्श अधिकारी, मनिष ज्ञवाली, सोनाली बस्याल, कृतिका पाण्डे र कृष सुनार मध्य विभिन्न राउन्ड पार गर्दै देवदहका स्मृति परियार,सुरज खाती,मोनिका पाण्डे र पाल्पाका मनिष सारु फाइनलमा प्रवेश गरेको महोत्सवका सिङ्गिङ्ग आइडलका संयोजक तथा जज तेजु अर्यालले जानकारी दिए।
फाइनल पुगेका 'टप फाइभ' को प्रस्तुति फागुन ८ गते रहने र हाल भोटिङ खुल्ला रहेको संयोजक अर्यालले जानकारी दिए ।
फागुन ९ गते बिहान ११ बजेसम्म भोटिङ गर्ने समय खुला रहेको र सबै भन्दा बढी भोट ल्याउने प्रतियोगीलाई सिङ्गिङ्ग आइडल -२०७९ घोषणा गरिनेछ।
डान्सिङ्ग आइडल
गत माघ २१ गतेको अडिसन राउन्डमा सहभागी ३५ जना प्रतियोगी मध्य १६ जनाले अडिसन राउण्ड पास गरेका थिए ।
अडिसन राउन्ड पार गरेका सिवानी कंडेल, रोजिना अधिकारी, सुरिन राना, प्रिन्सेस सोनी, अभिषेक दुरा, सक्रिता ढुंगाना, रमेश बुढा, लक्ष्मी गौतम, विन्दिया सुनार, प्रश्ना मगर, सरश बन्जाडे, स्मृति सुनार, आरोही रौनियार, लिला थापा, सामना कुमाल र सिवानी रेश्मी मध्य उत्कृस्ट प्रस्तुति दिंदै प्रिन्सेस सोनी, रमेश बुढा, सामना कुमाल, शिवानी रेशमी र सुरक्षा राना टप फाइभ अर्थात फाइनल राउन्डमा प्रवेश गरेका छन् ।
टप फाइभमा पुगेका प्रतियोगीको प्रस्तुति फागुन ९ गते हुनेछ । फाइनलमा पुगेका प्रतिस्पर्धी मध्ये दर्शकले दिएको भोटको आधारमा छनौट गरि प्रदर्शनी डान्सिङ्ग आइडल-२०७९ विजयी घोषणा गरिने छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology