देवदह । देवदह महोत्सवमा प्रस्तुति दिन आइतबार जीवन शर्मा, बद्री पंगेनी र मन्जु पौडेल देवदह आए। मेलामा आफ्नो प्रस्तुति दिंदै कलाकारहरूले छमछमी दर्शक नचाए । महोत्सवमा जनवादी गीत प्रस्तुत गरेका जनकलाकार शर्माले जेष्ठ नागरिकलाई स्टेज नै चढाएर छमछमी नचाए भने बद्री पंगेनी र मन्जु पौडेलले धुलो उड्ने गरि दर्शक नचाए ।
कार्यक्रममा जीवन शर्माले सिमली छायामा बसी भरिया लामो सास फेरेको बोलको गीत स्टेज अगाडि उभिएका हजारौ दर्शक छमछमी नाचे। कलाकार शर्माले चाहिदैन मलाई सुनैको दरबार, चाहिदैन मलाई सम्पत्तिको रास बोलको गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

त्यसैगरि कलाकार बद्री पंगेनीले मान्छे चल्यो तर भान्से चलेन, रातो पछ्यौरी, तातो पछ्यौरी, अझैनी लोकतन्त्र आको छैन है लगायतका गीत गाउँदा दर्शक धुलो उडाउदै नाचेका थिए । भने कलाकार मन्जु पौडेलले समेत देवदहका दर्शकलाई मनोरंजन प्रदान गरेकी थिइन।
मेलामा आइताबार १३ हजार टिकट विक्री भएको महोत्सवका टिकट व्यवस्थापन उप-समिति संयोजक शिव ढकालले जानकारी दिएका छन् ।
सोमबार कलाकारहरू अमिता डल्लाकोटी, तारा थापा, तेजस रेग्मी, नविन पौडेल र धनबहादुर गुरुङले देवदह महोत्सवमा प्रस्तुति दिने महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले जानकारी दिए।
फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, घोड सवार, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।
१५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology