Logo

२०८३, श्रावण २७गते


images
images

शिवरात्रीमा तात्यो देवदह महोत्सव, एकैदिन २२ हजार जनाले गरे अवलोकन

शिवरात्रीमा तात्यो देवदह महोत्सव, एकैदिन २२ हजार जनाले गरे अवलोकन

images
  • शिवरात्रीमा तात्यो देवदह महोत्सव, एकैदिन २२  हजार जनाले गरे अवलोकन
    images
    images

    देवदह । शनिबार शिवरात्रीको दिन देवदह महोत्सव दर्शकको भिडले तातेको छ । शनिबारमात्रै २२ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । 

    images
    images
    images

    महोत्सवका टिकट व्यवस्थापन उप-समिति संयोजक शिव ढकालले शनिबार २२ हजार ६ सय टिकट विक्री भएको जानकारी दिए। शनिबार बिदाको दिन परेको र शिवरात्री समेत भएको हुनाले महोत्सवमा हालसम्मकै सर्वाधिक दर्शक प्रवेश गरेको ढकालको भनाई छ । 

    images
    images
    images
    332278957_1626520007799078_5650949607625358293_n.jpg

    शनिबार देवदह महोत्सवमा प्रस्तुति दिन पप गायक अल्मोडा उप्रेती, वसन्त लम्साल, सुकदेव अधिकारी लगायतका कलाकार देवदह आएका थिए । शनिबार शिवरात्री विशेष सांस्कृतिक कार्यक्रम गरिएको र पाहुना कलाकारले दर्शकलाई छमछमी नचाएको महोत्सवका सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले जानकारी दिए । 

    images
    images
    images

    आइतबार लोकगायक बद्रि पंगेनी, जनवादी गायक जीवन शर्मा, लोकगायिका मञ्जु पौडेल लगायतले महोत्सवमा प्रस्तुति दिने आयोजकले जनाएको छ। 

    फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, घोड सवार, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    १५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।