Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा अन्तर विद्यालयस्तरिय छात्रा भलिबल प्रतियोगिता सुरु 

देवदह महोत्सवमा अन्तर विद्यालयस्तरिय छात्रा भलिबल प्रतियोगिता सुरु 

images
  • देवदह महोत्सवमा अन्तर विद्यालयस्तरिय छात्रा भलिबल प्रतियोगिता सुरु 
    फाइल फोटो
    images
    images

    देवदह । माघ २६ देखि देवदह मण्डपमा सुरु भएको सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सवमा आजदेखि अन्तर विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ। 

    images
    images
    images

    प्रतियोगिताको आज भएको खेलमा जनप्रिय माध्यमिक विद्यालय, सगरमाथा आवासीय मावि 'ए', देवदह माध्यमिक विद्यालय सेमीफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै सागरमाथा मावि 'बि' र न्यू नमुना बोर्डीङको खेल भोलि हुने र विजेता टिम सेमीफाइनलमा पुग्ने महोत्सव खेलकुद उपसमितिका संयोजक रमेश थापाले जानकारी दिएका छन् ।

    images
    images
    images

    प्रतियोगितामा देवदह नगरपालिकाका १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । केरवानी माध्यमिक विद्यालय, देवदह बोर्डिङ स्कुल, सीता माध्यमिक विद्यालय, जनप्रीय माध्यामिक विद्यालय, बुद्ध पब्लिक आवासीय मावी, सगरमाथा कलेज, एशियन लाईट बोर्डिङ स्कुल,  सगरमाथा बोर्डिङ स्कुल, युग ज्योति माध्यमिक विद्यालय,नमुना बोर्डिङ स्कुल र जनता मावी गरि  १२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५, १० र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक थापाले जानकारी दिएका छन् ।सेमीफाइनल र फाइनल खेल शनिबार हुनेछ ।

    फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा नि:शुल्क स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    फाल्गुन १० गते सम्म संचालन हुने मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।