Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा सरनबारी-माथागढ़ी पदमार्गको नक्सा

देवदह महोत्सवमा सरनबारी-माथागढ़ी पदमार्गको नक्सा

images
  • देवदह महोत्सवमा सरनबारी-माथागढ़ी पदमार्गको नक्सा
    images
    images

    देवदह । देवदहको तरकारी पकेटक्षेत्र सरनबारी ।  यहि सरनबारी हो जसले बर्षेनी २ करोड रुपैयाँको त सिमि मात्रै विक्री गर्छ ।  यहाँ उत्पादन हुने केरा, पिडालु, तरुल लागयतका अन्य दर्जनौ तरकारीबालीको समेत हिसाब गर्ने हो भने सरनबारीमा उत्पादन भएर विक्री हुने तरकारीको मूल्य अरू केहि करोड थपिन्छ। 

    images
    images
    images

    देवदह नगरपालिका वडा नं ६ मा रहेको सरनबारी गाउँ प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । भौगोलिक रूपमा पहाडको चारैतिर जङ्गलले घेरेर रहेको यो गाउँ अर्गानिक खेतीका लागि प्रसिद्ध छ । मगर जातिको बाहुल्य रहेको यो गाउँमा सांस्कृतिक विविधताका रूपमा सोरठी, ठाडो भाका-लगायतका गीत-सङ्गीत गाउने गरिन्छ । पुर्वपश्चिम लोकमार्गको शीतलनगरदेखि करिब ३ कि. मि. उत्तरतर्फ पहाडको काखमा यो गाउँ रहेको छ । यो गाउँको माथिल्लो भागबाट देवदहलगायत तराईको विभिन्न भागहरूको अवलोकन गर्न सकिन्छ ।

    images
    images
    images
    331413090_943958896595891_6211998928219322821_n.jpg

    यता  देवदहको शिरमा रहेको अर्कों महत्वपूर्ण पर्यटकिय क्षेत्र माथागढीको आफ्नै महत्व छ । करिब दुई सय वर्षअगाडि तत्कालीन ब्रिटिस सैनिकले नेपालका विभिन्न  ठाउँमा आक्रमण गर्दा  त्यसबेला नेपाली सैनिकहरूले देवदहको सबैभन्दा उच्च स्थान माथागढी किल्लामा बसेर युद्ध गरी विजय प्राप्त गरेका थिए । माथागढी किल्लामा तत्कालीन योद्धाहरूले निर्माण गरेको सुरक्षा पर्खाल, युद्धमा प्रयोग गरिएका हतियारहरू अहिले पनि अवलोकन गर्न सकिन्छ । 
     
    साथै पर्यटकीय दृष्टिकोणले पनि माथागढीको महत्त्व रहेको छ । माथागढी डाँडाबाट रूपन्देही, पाल्पा र नवलपरासीका मनोरम दृश्य तथा हिमालहरू अवलोकन गर्न सकिन्छ ।

    images
    images
    images

    331418612_541997647740419_4420460979788553016_n.jpg

    देवदहका शिरमा अवस्थित यिनै दुई महत्वपुर्ण पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि देवदह नगरपालिकाले लामो समयदेखि काम गरिरहेको छ। जसका लागि सरनाबारी-माथागढ़ी पदयात्रा निर्माण गर्ने कार्यलाई नगरपालिकाले महत्वका साथ अगाडी बढाईरहेको छ।  सरनाबारी-माथागढ़ी पदयात्रा निर्माणको बिस्तृत कार्ययोजना नै निर्माण गरेर काम अगाडि बढाउदै गरेको नगरपालिकाले यसको प्रचार-प्रसारका लागि पनि उत्तिकै ध्यान दिएको देखिन्छ। 

    331511650_731716585112343_2795754500917525348_n.jpg

    सोहि सन्दर्भमा देवदह मण्डपमा संचालित सातौँ राष्ट्रिय देवदह व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७९ मा समेत सरनाबारी-माथागढ़ी पदमार्गको प्रस्तावित नक्सा प्रदर्शन गरिएको छ । सरनाबारी-माथागढ़ी पदमार्ग देवदह नगरपालिकाको गौरवको आयोजनामध्य एक भएको र नगरपालिकासंगको सहकार्यमा देवदह महोत्सवमा उक्त आयोजनाको प्रस्तावित रूपरेखा प्रदर्शन गरिएको महोत्सव मूल आयोजक समिति संयोजक मेघराज ढकालले जानकारी दिए । 

    सरनाबरी-माथागढ़ी पदमार्गको लम्बाई साढे ५ किलोमिटर रहेको छ।  देवदह नगरपालिकाको रणनैतिक योजनामा समेत समेटिएको यो आयोजना २ वर्षभित्र पुरा गर्ने लक्ष्य लिईएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। करिव २ करोड लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा नेपाली सेनाले काम गर्नेछ । देशका विभिन्न स्थानमा रहेका ऐतिहसिक किल्लाको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनाको हुने र माथागढ़ी किल्ला पनि ऐतिहसिक महत्वका किल्लामध्ये एक रहेको कारण उक्त पदमार्ग निर्माणमा नेपाली सेनाले श्रमदान गर्ने र आवश्यक निर्माण सामग्री देवदह नगरपालिकाले उपलब्ध गराउने गरि प्रारम्भिक समझदारी भएको नगरपालिकाले जनाएको छ।  

    महोत्सवको सचिवालय अगाडि प्रदर्शन गरिएको नक्सालाई पृष्ठभुमिमा राखेर तस्विर लिनेहरूको मेलास्थलमा भिड देख्न सकिन्छ । 

    माघ २६ देखि सुरु भएको महोत्सव फाल्गुन १० गतेसम्म संचालन हुनेछ। मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् । 

    १५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने प्रवेश नि:शुल्क छ । 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।