Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव: विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा मावि प्रथम

देवदह महोत्सव: विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा मावि प्रथम

images
  • सेतोमसी सहकर्मी
  • देवदह महोत्सव: विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा मावि प्रथम
    images
    images

    देवदह । सातौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवद्वारा आयोजित विद्यालयस्तरिय लोकनृत्य प्रतियोगितामा सगरमाथा आवासिय माध्यमिक विद्यालय प्रथम भएको  छ। देवदह  नगरपालिका क्षेत्रभित्रका १४ वटा विद्यालय सहभागी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दय गदै सगरमाथा मावि प्रथम भएको हो । 

    images
    images
    images
    326539296_874046017014997_6871349769514067212_n.jpg

    प्रतियोगितमा नमूना एभरग्रीन इंलिश बोर्डिंग स्कूल दोस्रो भएको छ भने तृतीय स्थान न्यू लुम्बिनी इंलिश बोर्डिंग स्कूल भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा सहभागी विद्यालयले सांस्कृतिक कला झल्किने नृत्य प्रस्तुत गरेका थिए । 

    images
    images
    images

    प्रतियोतामा देवदहका केरवानी माध्यमिक विद्यालय, ग्रीनप्लाण्ट  आवासीय मावि, देवदह मावि, देवदह बुद्ध पब्लिक आवासीय मावि, ज्ञान ज्योति मावि, सेभेन स्टार आवासीय मावि, युगज्योति मावि, सीता मावि, जनप्रिय मावि र न्यू नमूना आवासीय मावि सहभागी भएका थिए ।    

    331239855_857563565331201_6492592844195419312_n.jpg

    "स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित उद्योग व्यापार संघ देवदहको आयोजनामा सुरु भएको महोत्सव १० फागुन सम्म चल्नेछ ।

    महोत्सवमा भोलि खुल्ला रक्तदान कार्यक्रम र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

    महोत्सवमा प्रदर्शनी आइडल, डासिंङ्ग स्टार, वक्तृत्वकला, विज्ञान प्रदर्शनी, भलिबल प्रतियोगिता, पर्यटन गोष्ठी लगायतका कार्यक्रम दैनिक संचालन भएका छन् भने घोड सवार, बालउद्यानसंगै मगर, गुरुङ, नेवार लगायतका समुदायको सांस्कृतिक खाजाघर लगायत १५० स्टलमा स्थानिय तथा स्वदेशी उत्पादनको प्रदर्शनी र विक्री वितरण हुँदै आएको छ।  

    लुम्बिनी प्रदेशका पर्यटकीय गन्तब्यको फोटो प्रदर्शनी, लुम्बिनी विकासकोषको फोटो प्रदर्शनी संगै देवदहको प्रस्तरकला, काष्ठकला, सातपत्रे सिमसार लगायतका पर्यटकीय स्थलको फोटो प्रदर्शनी समेत देख्न सकिन्छ।     

    साथै निशुल्क सुगर र प्रेसर जांच लगायतका स्वास्थ्य शिविर पनि महोत्सवमा व्यवस्था गरिएको छ। 

    अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।