Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा भोलि 'भ्यालेन्टाईन डे' विशेष साँस्कृतिक कार्यक्रम हुने

देवदह महोत्सवमा भोलि 'भ्यालेन्टाईन डे' विशेष साँस्कृतिक कार्यक्रम हुने

images
  • देवदह महोत्सवमा भोलि 'भ्यालेन्टाईन डे' विशेष साँस्कृतिक कार्यक्रम हुने
    images
    images

    देवदह । सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव छैठौं दिन मंगलबार भ्यालेन्टाईन डे विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । महोत्सवका साँस्कृतिक संयोजक प्रशान्त गैरेले फाल्गुन २ गते भ्यालेन्टाईन डे परेकोले विशेष कार्यक्रम हुने जानकारी दिए ।

    images
    images
    images

    सोमबार महोत्सवमा लोकगायिका मन्जु भट्टराई, लोकगायक कुशल बेलबासे र आधुनिक गायक हिमाल सागरले महोत्सवमा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    images
    images
    images

    संयोजक गैरेका अनुसार मेलाको छैठौं दिन मङलबार चर्चित आधुनिक गायक कमल खत्री, आधुनिक गायिका सिर्जना खत्री र हास्य कलाकार दिपक थापा र देवदहकै आइडल स्टार रविन सुनारको प्रस्तुति रहने छ ।

    images
    images
    images

    स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन भैरहेको छ। 

    330415218_1557360648009850_7385704888397688147_n.jpg

    महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।

    मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।