देवदह । देवदह नगरपालिकास्थित देवदह मण्डपमा सातौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषी तथा पर्यटन महोत्सव २०७९ बिहिबार उद्घाटन भयो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर एक भव्य समारोहबीच महोत्सवको उद्घाटन गरे ।
बिहिबार बिहान ११ बजे खैरेनीको लोकेश्वर मन्दिरबाट सुरु भएको र्याली साढे १ बजे महोत्सवस्थल देवदह मण्डपमा पुगेको थियो। जसमा झाँकी सहितका र्यालीहरू सहभागी थिए। महोत्सवका र्याली व्यवस्थापन उपसमिति संयोजक केशर बहादुर पुनले र्यालीमा १ सय ५० बढी संघसंस्थाको सहभागिता रहेको बताए। उनले भने " १ सय ५० वटा संघसस्थाको व्यानर सहित र्यालीमा सहभागीता थियो । र्यालीमा ५ हजारभन्दा बढी देवदहबासी सहभागी हुनुहुन्थ्यो भन्ने हाम्रो अनुमान छ।"

आयोजकले र्यालीमा सहभागीहरू र्याली मुल्यांकन गरेर उत्कृष्ट र्यालीलाई पुरस्कृत गर्ने अग्रिम सूचना समेत गरेको थियो भने देवदह नगरपालिकाका १२ वटै वडा र सुनवल नगरपालिकाका वडा नम्बर ७ र ८ लाई समेत र्यालीमा सहभागी हुनको लागि पत्राचार गरेको र सोहि अनुसाए विशाल र्याली सम्पन्न भएको महोत्सव मूल आयोजक समिति संयोजक मेघराज ढकालले जानकारी दिए।
र्यालीमा सहभागी भएका विद्यालयहरूको अलग र अन्य संघसंस्थाहरूको अलग गरि मुल्यांकन गरेर उत्कृष्ट र्यालीलाई पुरस्कृत गरिने शिक्षा उप समिति संयोजक सीबी थापाले बताए।
महोत्सवको उद्धाटन समारोहमा लुम्बिनी प्रदेशका सांसदद्वय आशिष चौधरी र जानकी न्यौपाने, पूर्व सांसद दिपा विक, देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, निवर्तमान नगर प्रमुख हिरा केसी, राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारी,जनप्रतिनिधिको सहभागिता रहेको सहभागिता रहेको थियो ।
कलाकार तेजु अर्यालद्वारा रचित देवदह पर्यटन गीतबाट सुरू भएको महोत्सवको उद्दघाटन समारोहको अध्यक्षता महोत्सव मूल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालको अध्यक्षता तथा महासचिव थानेश्वर लम्साल र संचारकर्मी धना पन्थीको संचालन तथा संस्थाका वरिष्ट उपाध्यक्ष अमृत बहादुर फुल्लेलको स्वागत मन्तव्य रहेको थियो।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।
महोत्सवका विज्ञान प्रदर्शनी, फोटो प्रदर्शनी, बालउद्यान, राष्ट्रिय तथा स्थानिय कलाकारको दैनिक प्रस्तुति , डान्सिङ्ग स्टार, सिन्गिंग आइडल, लोकनृत्य प्रतियोगिता , भलिबल प्रतियोगिता, पर्यटन र कृषि गोष्ठी, विभिन्न सांस्कृतिक खाना सहितका होटल संगै २०० स्टलहरूमा स्वदेशी तथा विदेशी सामानको प्रदर्शनी, आकर्षक फोटो सेशन तथा टिकटक जोन, लुम्बिनी प्रदेशका सबै जिल्लाहरुका प्रमुख पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी मुख्य आकर्षण रहेको मेला सचिवालय संयोजक थानेश्वर लम्सालले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology