Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव सिङ्गिङ्ग-डान्सिङ्ग आइडलको अडिसन राउण्ड: यी हुन  छानिएका कलाकार

देवदह महोत्सव सिङ्गिङ्ग-डान्सिङ्ग आइडलको अडिसन राउण्ड: यी हुन  छानिएका कलाकार

images
  • देवदह महोत्सव सिङ्गिङ्ग-डान्सिङ्ग आइडलको अडिसन राउण्ड: यी हुन  छानिएका कलाकार
    images
    images

     देवदह । देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग तथा डान्सिङ्ग आइडलको अडिसन शनिबार सम्पन्न भएको छ। देवदहको होटल डिभाइन पिसमा भएको अडिसन राउण्डबाट सिङ्गिङ्ग आइडल तर्फ १२ जना कलाकार छनौट भएका छन् भने डान्सिङ्ग तर्फ १६ जना छनौट भएका महोत्सव सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले जानकारी दिए। 

    images
    images
    images

    सिङ्गिङ्ग आइडल तर्फ अडिसन राउण्डमा सहभागी भएका २८ जना मध्यबाट उत्कृष्ट १२ जनालाई छनौट गरिएको महोत्सवका सिङ्गिङ्ग आइडल संयोजक तेजु अर्यालले जानकारी दिए।  जसमा राज चौधरी, सुरज खाती, स्मृति परियार, मोनिका पाण्डे, मनिष सारू, तिलक घर्ती मगर, आशिक हितांग, स्पर्श अधिकारी, मनिष ज्ञवाली, सोनाली बस्याल, कृतिका पाण्डे र कृष सुनार रहेका छन्। 

    images
    images
    images
    327636035_1210547022919567_7572615210024208814_n.jpg

    लाईभ म्युजिकमा भएको अडिसनमा तेजु  अर्याल, किशोर विक र प्रशान्त गैरे निर्णायाक रहेका थिए।  रविन परियारको व्यवस्थापन रहेको अडिसनको संचालन ज्योति थापाले गरेकी थिईन। 

    images
    images
    images

    यता डान्सिङ्ग आइडल तर्फ ३५ जना सहभागी भएकोमा १६ जनाले अडिसन राउण्ड पास गरेको डान्सिङ्ग आइडल संयोजक मोहन गुरुङले जानकारी दिए। जसमा सिवानी कंडेल, रोजिना अधिकारी, सुरिन राना, प्रिन्सेस सोनी, अभिषेक दुरा, सक्रिता ढुंगाना, रमेश बुढा, लक्ष्मी गौतम, विन्दिया सुनार, प्रश्ना मगर, सरश बन्जाडे, स्मृति सुनार, आरोही रौनियार, लिला थापा, सामना कुमाल र सिवानी रेश्मी मगर रहेका छन्। 

    321993972_2279711262202483_3772402237717693310_n.jpg

    डान्सिङ्ग आइडलको अडिसन राउण्डमा विश्व गुरुङ र शक्ति बोम्रेल निर्णायाक रहेका थिए। 

    छनौट भएका गायक र नृत्यकारले उद्योग व्यापार संघ देवदहद्वारा आयोजित माघ २६ देखि फाल्गुन १० गतेसम्म संचालन हुने देवदह महोत्सवमा प्रतिस्पर्धा गर्ने छन्।  उनीहरूलाई दर्शकले दिएको भोटको आधारमा छनौट गर्दै अन्तिममा विजेता घोषणा गरिने छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।