Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा नि:शुल्क मधुमेह र दन्त परिक्षण हुने

देवदह महोत्सवमा नि:शुल्क मधुमेह र दन्त परिक्षण हुने

images
  • देवदह महोत्सवमा नि:शुल्क मधुमेह र दन्त परिक्षण हुने
    images
    images

     देवदह । देवदह महोत्सवमा नि:शुल्क मधुमेह र दन्त परिक्षण हुने भएको छ। मंगलबार बसेको सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को प्राथमिक उपचार तथा स्वास्थ्य समन्वय उपसमितिको बैठकले निशुल्क मधुमेह र दन्त परिक्षणसंगै रक्तदान समेत गर्ने निर्णय गरेको हो। 

    images
    images
    images

    उपसमितिका संयोजक जयकिशन अधिकारीका अनुसार महोत्सव अवधीभर विजय डेन्टलले निशुल्क दन्त परिक्षण गर्नेछ भने देवदहमा क्रियाशील लायन्स क्लबहरूको आपसी समन्वयमा मधुमेह परिक्षण गरिनेछ। त्यसैगरी महोत्सव अवधिभरमा एक पटक रक्तदान गर्ने निर्णय समेत भएको संयोजक अधिकारीले जानकारी दिए।  

    images
    images
    images

    बैठकले प्राथमिक उपचार तथा स्वास्थ्य समन्वय उपसमितिलई पूर्णता दिएको छ। जस अनुसार उपसमितिको सह-संयोजकमा सुशिला आले, सरोज न्यौपाने, डा कृष्ण गैरे र डा विजय अमगाई रहेका छन्। 

    images
    images
    images

    आयोजक समितिले देवदहमा क्रियाशील महिला संघ/संगठन, आमा समूह र स्वयमसेविकासंग छलफल गरेको छ। मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे जानकारी दिनुका साथै आवश्यक सुझाव संकलन गर्ने क्रममा शुक्रबार मेलास्थल देवदह मण्डपमा छलफल सम्पन्न गरेको हो। 

    महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा गणेश क्षेत्री, सागर पोखरेल सुमित्रा राना, विष्णु प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।