Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव तयारी: राजनीतिक दल र संघ-संस्थामा प्रतिनिधीसंग छलफल सम्पन्न

देवदह महोत्सव तयारी: राजनीतिक दल र संघ-संस्थामा प्रतिनिधीसंग छलफल सम्पन्न

images
  • देवदह महोत्सव तयारी: राजनीतिक दल र संघ-संस्थामा प्रतिनिधीसंग छलफल सम्पन्न
    images
    images

    देवदह । सातौं देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को तयारी तीब्र गतिमा अघि बढेको छ । मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारी र सुझाव संकलन गर्ने क्रममा शनिवार देवदहमा क्रियाशील  राजनीतिक दल र संघ-संस्थामा प्रतिनिधीसंग छलफल सम्पन्न
    गरेको छ ।

    images
    images
    images

    महोत्सवलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ र मेलाले लिएका लक्ष हासिल गर्न कसरि अगाडी बढ्ने भन्ने सन्दर्भमा आयोजित छलफलमा मेला मुल आयोजक समितिका संयोजक मेघराज ढकालले उपस्थित राजनीतिक दल र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसमक्ष योजना प्रस्तुत गरेका थिए। सो क्रममा देवदहको पर्यटन प्रबर्धन र कृषि एवं व्यवसायिक विकासको लागि मेलाले योगदान पुर्याउने उल्लेख गर्दै संयोजक ढकालले सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा जोड दिएका थिए। 

    images
    images
    images

    छलफलमा राजनितिक दलतर्फ नेपाली कांग्रेसका प्रमोद खनाल, नेकपा एमालेका यम राना, नेकपा माओवादी केन्द्रका गोविन्द ठटराई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम बहादुर खत्री, राजमोका धनु पाण्डे, जनमुक्ति पार्टीका डम्बर बहादुर थापा, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने लगायतको उपस्थिति रहेको थियो।  त्यसैगरि संघसस्था तर्फ साना किसान सहकारीका टिका गौतम, निर्माण सहकारीका मोतिलाल ढकाल, पल्लवी सहकारी, नवप्रभात सहकारी, प्रगति सामुदायीक बन, स्मृति सामुदायिक बन तथा देवदहमा रहेका विभिन्न पार्क सम्बद्ध प्रमुख तथा प्रतिनिधिहरूको छलफलमा सहभागिता रहेको थियो। 

    images
    images
    images

    छलफलमा मेलाका सहयोगी संस्था देवदह व्यापार संघका रमेश खरेल  र उद्योग वाणिज्य संघ देवदहका हरि प्रसाद भण्डारी समेतको उपस्थिति रहेको थियो। 

    छलफलले मेला सम्पन्न गर्न सबै राजनीतिक दल र संघसस्थाले सहयोग गर्ने र आयोजकले सबैको साथ लिएर मेला भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको मेलाका सचिवालय संयोजक थानेश्वर लम्सालले जानकारी दिए।  


     

     

     


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।