Logo

२०८३, श्रावण २७गते


images
images

लघुकथा: न्याय

लघुकथा: न्याय

images
  • लघुकथा: न्याय
    images
    images

    अचानक मुख थुनेर पल्टाएपछि उनी छट्पटाउन थालिन।
    हरियो घाँसको टुसाले घोच्दै थियो। हार-गुहार गरिन। थुनिएको मुखबाट आवाज आउन सम्भव भएन।

    images
    images
    images

    मुख थुन्नेको स्वास र इच्छा चरम शक्तिमा पुग्यो। घाँसको टुसाको घोचाईको पीडाले असर गर्न छोड्यो। उनको योनीमा भएको  पीडा मन मस्तिष्कमा घोचीरहयो। रगतका छिटाहरुले सुरवाल भिज्न थाल्यो।

    images
    images
    images

    खस्याक खुसुक आवाज आयो। मुख थुन्ने त्यहाँबाट सुइँकुच्चा ठोक्यो। बिस्तारै मानिसको भीड जम्मा भयो।
     प्रहरी आए। उनलाई हस्पिटल लगियो।

    images
    images
    images

    सत्यतथ्य पत्ता लगाउन ल्याब टेस्ट गर्न थालियो।

    डाक्टरले उनको शरीरको केही भाग चिरफार गरे। शरीरमा भएको तातोपन चिसो हुँदै गयो। डाक्टरले मृत्यु भएको घोषणा गरे। 
    आत्मा भने डाक्टरलाई हेरर,  'तर्सियो। डरायो। चिथोर्न खोज्यो।' अनि चिच्याई रह्यो, असम्भव! असम्भव!!

    "मुख थुन्ने र ल्याब टेस्ट गर्ने व्यक्ति एउटै भएपछि न्याय कसरी पाउने?"

    - नारायण कोइराला, पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • # न्याय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।