Logo

२०८३, श्रावण २७गते


images
images

कानुन

न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

images
  • न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
    images
    images

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय बलियालाई नभइ असहायलाई चाहिने बताए ।

    images
    images
    images

    राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने उनको भनाई छ । न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने बताएका उनले राज्यको फाउण्डेशनको आधार नै न्याय भएको उल्लेख गरे । न्यायको पाना च्यातिन नहुनेतर्फ उनले सचेत गराए ।  
    उनले भने, ‘बलिया बाङ्गाालई न्याय चाहिने होइन, असहायलाई चाहिने हो । राज्यले जुन सुरक्षा दिन्छु भन्छ, संरक्षण दिन्छु भन्छ, त्यसलाई चाहिने हो न्याय । राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्य किन चाहिन्छ ?’ 

    images
    images
    images

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अख्तियारीले नभइ विश्वासले नबाच्ने बताए । न्याय पाइन्छ भन्ने विश्वास रहेसम्म मात्रै न्यायपालिका बाच्ने उनको भनाई छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।