काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताएकि छन् । सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताइन् ।
कार्कीले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको उल्लेख गर्दै न्यायाधीशहरुले धेरै अध्ययन गर्न जरुरी रहेको बताइन् । न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने भन्दै जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको उनले सुझाव दिइन् ।
आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न आग्रह गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले पक्षपात नगरी न्याय दिनुपर्ने बताइन् । उनले एउटा न्यायले सबैको विकास हुुने दावी समेत गरिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology