Logo

२०८३, आश्विन ३गते


images
images

साहित्य

लघुकथा : स्वाद

लघुकथा : स्वाद

images
  • सेतोमसी सहकर्मी
  • लघुकथा : स्वाद
    images
    images

    “स्वाद जम्मा छ किसिमका छन् ।” विज्ञान पढाउने सरले कक्षामा भन्नुभयो ।

    images
    images
    images

    “अमिलो, पिरो, तितो, टर्रो, गुलियो र नुनिलो । अब यी स्वाद हुने विभिन्न चिजहरूका नाम आ–आफ्नो कापीमा लेख । म एकछिनमा आएर हेर्छु ।”

    images
    images
    images

    कक्षाकार्य दिएर सर अर्को कक्षातिर लाग्नुभयो ।

    images
    images
    images

    सबै विद्यार्थीहरू कक्षाकार्यमा तल्लीन भए ।

    एकैछिनपछि सर आउनुभयो । प्रत्येक विद्यार्थीलाई क्रमैसँग उठाउँदै कापीमा लेखेको कुरा पढ्न लगाउनुभयो ।

    यसै क्रममा देवकीको पालो आयो ।

    उनले उठेर कापीमा लेखेको कुरा पढेर सुनाइन् । सुनाइसकेपछि थप जिज्ञासा राखिन्, “प्रकृतिले गुलियो उखु गरायो । कागती अमिलो बनायो । हर्रो टर्रो बनायो । करेला तितो बनायो । पिरो खुर्सानी बनायो । विभिन्न किसिमका फलफूल, कन्दमूल, तरकारी जति बनायो, जम्मा पाँचवटा स्वादको मात्रै बनायो… ।”

    “अनि के भो त ?” देवकीको भनाइ पूरा नहुँदै सर प्वाक्क बोल्नुभयो ।

    “भन्दै त छु सर, सुन्नुस् न,” देवकीले भनिन्, “यति धेरै खानेकुरा प्रकृतिले विभिन्न स्वादमा बनायो, तर नुनिलो स्वादको न कुनै फलफूल, न कन्दमूल, न त तरकारी नै बनायो । प्रकृतिले बनाउँदा–बनाउँदै बिर्सेको त हैन सर ?”

    उनको जिज्ञासा सुनेर विद्यार्थीहरू गलल्ल हाँसे ।

    सर भने हातमा रहेको कलमले विस्तारै–विस्तारै आफ्नै टाउकोमा ठोक्दै आँखा बन्द गरेर सोचमग्न हुनुभयो ।

     

    – मित्र ‘उराठी’ गौतम
    अमरपुर–गुल्मी, हाल : तिलोत्तमा–२, रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।