Logo

२०८३, श्रावण २७गते


images
images

साहित्य

लघुकथा : लुते नेता

लघुकथा : लुते नेता

images
  • लघुकथा : लुते नेता
    images
    images

    'हैन हाै,के विधि कनाकाे हाे ?'
    उपभोक्ता समितिकाे बैठक चलिरहेको थियोे । त्यसैबखत मकैकाे खाेयाले हात रगड्दै गरेको देखेपछि पल्टन्ने काकाले दाेर्जेलाई आँखा तर्दै साेधे ।
    'खै के पाे भयो ? हिँजाेदेखि बिछट्टै चिलाकाे चिलाई छ ।' दाेर्जेले अनभिज्ञता मिश्रित जवाफ फर्काायाे ।
    'झुसिलाे पाे लाग्यो कि ? या त जङ्गल गाकाे बेला काउसाे सल्क्याे हाेला ?' मङ्गली बाेजुले आशङ्का जताइन् ।
    'हैन, अलिअलि त मलाई पनि चिलाउँदै पाे छ त ।' फूर्वाले हात कन्याउँदै बाेल्याे ।

    images
    images
    images

    समूहमा अरु युवाहरुले पनि एक एक गर्दै  हात चिलाउने समस्या उजागर गरे ।

    images
    images
    images

    'के साह्रो हाे, सबैलाई चिलाउने राेग आकाे ? कतै देउता रिसाकाे त हैन् ?' बाेजु अलि भयभीत बनिन् ।
    बाेजुकाे भनाइले सबै त्रसित देखिए । केहीबेर माैनता छायो ।
    'ह्या ! के काे देउता रिसाउँथे ? अस्ति तिमेर्काे नेता आकाे हैन ? खुबै हात मिलाउँदै हिड्या थियौ त ।' पल्टन्ने काकाले मुख खाेले ।
    'नेताजी आर के भाे त ?' युवाहरु एकमुख भए ।
    'त्यही नेताले गाउँगाउँ डुलेर लुताे ल्याएकाे हुन सक्छ । तिमेर्ले हाैसिदै हात मिलायाै । सबलाई लुताे सल्कायाे ।'
     गाेर्खा राइफलको अनुभवी पल्टन्ने काकाले ठाेकुवा गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।