Logo

२०८३, श्रावण २७गते


images
images

साहित्य

लघुकथा : पुण्यलाभ

लघुकथा : पुण्यलाभ

images
  • लघुकथा : पुण्यलाभ
    images
    images

    "झसङ्ग झस्किएर जोडले चिच्याई ।"
    बल्लतल्ल दुध लगाएर थुमथुमाउँदै निदाउने गराएकी सुकु माइकको ठूलो आवाजले गर्दा एक्कासी ब्यूँझिएकी थिई ।
    पुष्पादेवीको सानो घर मन्दिर नजिकै थियो ।
    मन्दिरमा प्राणप्रतिष्ठा गर्ने कार्यक्रम भएकोले अखण्ड किर्तन, पूजाआजा र प्रवचन चलिरहेको थियो, केही दिनदेखि । चारैतिर परपरसम्म ठूलाठूला माइक जोडिएको थियो।रातमा त्यो आवाज अझ भयङ्कर र कर्कश बन्थ्यो ।
    पुष्पादेवीकी सासुबज्यै पनि बाथ र मधुमेहले ग्रस्त थिइन्।घरीघरी कहराउँदै हर फर्कदै निदाउने चेष्टा गर्थिन्।तर पटक्कै निदाउन सकेकी थिइनन् । त्यसैले झनझन गल्दै थिइन्।परीक्षाको समयमा पढ्न नपाएको झ्वाँक छोरो आयुषले पनि उनैसँग पोख्थ्यो । धैर्य भएर एकैछिन पढ्न सक्ने अवस्था थिएन ।
    माइकको आवाजले झ्यालका सिसा थरथर गर्दा भुकम्प आएको प्रतीत हुन्थ्यो ।
    आफ्नो पीडा कोसँग पोखुन् उनी ?
    विदेश भएको श्रीमानलाई म्यासेन्जरमा दुःख बिसाउन खोज्थिन्।माइकको ठूलो आवाजले उनीहरुको सम्वादमा दरार पैदा गरिदिन्थ्यो ।
    बिहान उज्यालो भएपछि अनिदा आँखा मिच्दै मन्दिर पुगिन्।भगवानको दर्शन गरिन् ।
    विनम्र स्वरमा आयोजकसँग आफ्नो पीडा बताउँदै अनुरोध गरिन् "माइकको आवाज अलि सानो गराउन मिल्दैन ?"
    "यत्रो उत्सव भैरहेको बेला आफूले पनि पुण्यलाभ लिनुको सट्टा के बोल्छे यो ?" यसैलाई मात्र परेछ समस्या। कस्ती दुष्ट आइमाई हो ?"
    कुर्सीमा बसेर पान चपाइरहेका ठाकुर मङ्गल प्रसादले पिच्च थुक्दै कड्किए ।

    images
    images
    images

    -मित्र 'उराठी' गौतम
    अमरपुर –गुल्मी, हालः तिलोत्तमा -२,रुपन्देही

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।