Logo

२०८३, आश्विन ३गते


images
images

ट्रम्पद्वारा सिएनएनसहित तीन मिडियालाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध

ट्रम्पद्वारा सिएनएनसहित तीन मिडियालाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध

images
  • ट्रम्पद्वारा सिएनएनसहित तीन मिडियालाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ती सञ्चार संस्थाले निरन्तर ‘झूटा समाचार’ सम्प्रेषण गरेको आरोप लगाउँदै उनले प्रतिबन्ध तत्काल लागू हुने बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले अन्य सञ्चार संस्थामाथि पनि यस्तै प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । यसअघि सन् २०२५ मा उनले एसोसिएटेड प्रेसका पत्रकारलाई पनि ह्वाइट हाउस तथा राष्ट्रपतिको विमानमा प्रवेश गर्न रोक लगाएका थिए ।

    images
    images
    images

    ट्रम्प लामो समयदेखि सीएनएनसहित आफूविरुद्ध समाचार सम्प्रेषण गर्ने सञ्चार संस्थाको आलोचना गर्दै आएका छन् । पछिल्लो निर्णयले अमेरिकामा प्रेस स्वतन्त्रता र सञ्चार संस्थाको ह्वाइट हाउस पहुँचबारे बहस थप चर्किएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।