Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

प्रभावशाली बचत समूहद्वारा प्रतापपुर आईसाेलेसन कक्षलाई स्वास्थ्य सामग्री सहयाेग

प्रभावशाली बचत समूहद्वारा प्रतापपुर आईसाेलेसन कक्षलाई स्वास्थ्य सामग्री सहयाेग

images
  • सेतोमसी सहकर्मी
  • प्रभावशाली बचत समूहद्वारा प्रतापपुर आईसाेलेसन कक्षलाई स्वास्थ्य सामग्री सहयाेग
    images
    images

    नन्दु यादव, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा संचालित आइसोलेशन कक्षको लागि प्रभावशाली बचत समूह प्रतापपुरले  आवश्यक स्वास्थ्य सामाग्री  सहयाेग गरेकाे छ ।

    images
    images
    images

    नेपालमा नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि प्रतापपुर गाउँपालिकाले आइसोलेशन कक्ष त्रिभुवन क्याम्पस बेलाटारीको भवनमा सन्चालन  गरेकाे छ । समुहबाट प्राप्त सामाग्री  सजिव थापाले स्वास्थ्य सामाग्री अाईसाेलनकक्षलाई हस्तान्तरण गर्नुभएकाे थियाे । स्वास्थ्य सामाग्री ग्रहण गर्दै यस्तो महामारीमा प्रभावशाली बचत समुहले गरेको सहयोगले अत्यन्तै खुसी लागेको वडा न ९का वडा अध्यक्ष हेमेन्द्र कुमार पजियारले बताउनु भयो । 

    images
    images
    images

    कोरोना महामारीको अवस्थामा देशमा रहेका अस्पतालहरुमा बेड र अक्सिजनको अभाव भएको र कतिपयले उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै आइसोलेसनका लागि सामाग्री बितरण गरिएको प्रभावशाली बचत समुहका साउदिमा रहनु भएका सदस्य राजु प्रसाद यादवले बताउनु भयाे ।  

    images
    images
    images

    साथै प्रतापपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र लामिछानेले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र पालिका भित्रमा कुनै किसिमको भिडभाड नगर्न र कोरोना भाइरसबाट बच्नका लागी स्वास्थ्य मापदण्ड पालना गरि सचेत रहनु पर्ने बताउनु भयो । 

    समुुहले करिब ६० हजार ५सय बराबरको सेनिटाईजर, मास्क,स्प्रे, ग्लाेभस, अक्सिमिटर पिपिई, फेस सिल्ड लगायतकाे स्वास्थ्य सामाग्री  बितरण गरिएको  यादवले  बताउनु भयाे । 

    प्रभावशाली बचत समुहका सदस्य हरु जापान, मलेसिया, साउदि, कतार लगायतकाे देशमा राेजगारीकाे शिलशिलामा हुनुहुन्छ  ।देशमा यस्ताे परिस्थिति अाईरहदा विभिन्न देशमा रहेका समुहका सदस्यहरुले अार्थिक सन्कलन गरि स्वास्थ्य सामाग्री सहयाेग गरेकाे जापानबाट दिनेश यादवले बताउनु भयाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।