Logo

२०८३, श्रावण २७गते


images
images

सेतोमसी संवाद

'हामीले गरेको मानवसेवा रोक्न कोहि मान्छेहरु प्रशासन धाइरहेका छन् तर हामी रोकिन्नौं' - डार्विन

'हामीले गरेको मानवसेवा रोक्न कोहि मान्छेहरु प्रशासन धाइरहेका छन् तर हामी रोकिन्नौं' - डार्विन

हिजो महामारी उत्कर्षमा पुग्दैगर्दा टाउको लुकाएर बस्ने यहाँका केही राजनीतिक दलले माओवादीलाई यहाँ किन कार्यक्रम गर्न दिनु भयो ? भनेर जिल्ला प्रशासन र अस्पताल व्यवस्थापनसंग लविङ्ग गरिरहेको जानकारी हामिले पाएका छौँ ।
images
  • 'हामीले गरेको मानवसेवा रोक्न कोहि मान्छेहरु प्रशासन धाइरहेका छन् तर हामी रोकिन्नौं' - डार्विन
    images
    images

    भैरहवा ।  समाजमा राम्रा राजनीतिज्ञ हुन्छन् र खराब पनि । मानवसेवामा रमाउनेहरू हुन्छन् र मानवलाई दु:खमा धकेलेर रमाउने पनि हुन्छन् । र, त्यस्ता राजनीतिज्ञहरुलाई जनताले चिन्ने दु:खकै बेला हो । महामारीमा को लुके र को जनसेवामा खटिए त्यसको हिसाब नागरिकले राखेकै हुन्छन् । प्रस्तुत छ, महामारीमा जनसेवामा अहोरात्र खट्दै आएको नेकपा (माओवादी केन्द्र), सिद्धार्थ नगरका इन्चार्ज तीरबहादुर रोका 'डार्विन' संग सेतोमसी सहकर्मी विष्णु पोखरेलले गर्नुभएको संवादको सम्पादित अंश - सम्पादक

    images
    images
    images

    डार्विन जी यहाँलाई सेतोमसीमा स्वागत छ ।
    धन्यवाद !

    images
    images
    images

    एउटा राजनीतिक पार्टीको नगर इन्चार्ज भएर काम गर्दैगर्दा सिध्दार्थ नगरभित्रको कोभिडको अवस्थालाई कसरी हेर्नुभएको छ ?

    images
    images
    images

    अवस्था नाजुक छ । सबैतिर कोरोनाको भय अझै पनि उत्तिकै छ । फेरिपनि विशेषत: राजनीति भनेकै जनसेवा हो । जनता अफ्ट्यारोमा परेको बेला उनीहरूलाई सहयोग गर्न पाउँनु कुनैपनी राजनीतिककर्मीको लागि भाग्यकै कुरापनि हो । कोभिडकै कारण कोहि पनि घरवाहिरसमेत निष्किन डर मानिरहेको अवस्थामा हामिले जनताको लागि केही त गरौं भन्ने उद्देश्यले सकेजती जनसेवाको कार्य गर्दै आएका छौँ ।

    महामारी नियन्त्रण र यसको व्यवस्थापनमा यहाँको स्थानीय सरकारले कसरी गरिरहेको छ ?
      
    उहाँहरुले आफ्नो ढंगले काम गर्नु नै भएको होला । यहाँको नगरप्रमुख पनि संक्रमित भएको कारणले गर्दा पनि होला । यहाँ त उहाँलाई मैले देखेको छैन । तर, केही न केही त पक्कै पनि गर्नुभएकै होला । उहाँहरुको डिटेल त मलाई थाहा हुने कुरा पनि भएन ।

    तपाईंको नगर पार्टीले संक्रमितलाई सुप, चिया, अण्डा जस्ता परिकार निशुल्क वितरण गरिरहेको छ । र, शव पनि ब्यबस्थापन गरिरहनु भएको छ । यो अलि नयाँ खालको काम पनि हो । यस्तो सोंच कसरी आयो ?

    हामीले भिम अस्पतालको वातावरणलाई हेर्यौं । यहाँ धेरै विरामी हुनुहुन्छ र संगै धेरै कुरुवा पनि हुनुहुन्छ । उहाँहरुलाई यस्तो बेला पोषिलो र झोलिलो खाना चाहिन्छ । घरेलु मसलाहरु जस्तै ज्वानोको रस, बेसार पानी, तातो पानी नै भनौं । यस्तो चिजले कोरोनाका विरामीलाई निको हुन सहयोग गर्छ भन्ने हामीले चिकित्सकहरुवाट पनि सुन्दै आएका थियौं । त्यसैले हामिलाई लाग्यो त्यो खाना हामीले खुवाउनुपर्छ र मान्छेको अमूल्य जीवन जोगाउँन योगदान गर्नुपर्छ । 

    त्यसैगरि फेरि यहाँ विरामी वाँच्दासम्म कोरोना नै सर्दैन भन्ने गरि टासीएरै बस्ने तर मरिसकेपछी कोरोनाको विरामी हो भनेर छोडेर हिड्ने जुन प्रवृत्ति देखियो त्यसले हामीलाई छोयो । र, विशेषत: आर्थिक स्तर कमजोर भएकाहरुलाई लक्षित गरि शब बाहन, पिपिइ देखि शबको व्यवस्थापन गर्ने काम पनि निशुल्क हामीले सुरु गर्यौं । तर, हामीले त्यो गर्दैगर्दा फेरि कस्तो देखियो भने राम्रो आर्थिक अवस्था भएकाहरुले पनि त्रासकै कारण शव व्यवस्थापनको लागि अफ्ट्यारो मान्ने स्थिति हामिले यहाँ देखिरहेका छौँ । कतिपयले त हामीलाई अनुरोध गर्नुभयो र हामिले व्यवस्थापन पनि गरिदियौं । पछि पैसा कति हो भन्ने कुरा पनि गर्नुभयो तर हामीले लिएनौं । हामीले त पुर्णतः निशुल्क सेवा दिने हो । त्यसैले अनुरोध नै गरेको अवस्थामा कोरोनाबाट मृत्यु भएका सबैको शव व्यवस्थापन हामिले गर्दै आएका छौं ।

    हिजो महामारी उत्कर्षमा पुग्दैगर्दा टाउको लुकाएर बस्ने यहाँका केही राजनीतिक दलले माओवादीलाई यहाँ किन कार्यक्रम गर्न दिनु भयो ? भनेर जिल्ला प्रशासन र अस्पताल व्यवस्थापनसंग लविङ्ग गरिरहेको जानकारी हामिले पाएका छौँ । म उहाँहरूलाई के भन्छु भने अवरोध पुर्याउने काम नगर्नुस बरु आउनुहोस् संगै मानवसेवा गरौं ।

    यहाँहरुले यसरी काम  गर्दै गर्दा के कस्ता चुनौतीको सामाना गरिरहनु भएको छ ?

    चुनौती त यतिधेरै आयो कि व्याख्या गरेर पनि सकिँदैन । एउटा राजनैतिक पार्टीको नेतृत्वमा रहिसकेपछी हामिले जुन काम गर्यौं यो अत्यन्तै जटिल थियो । भिम अस्पतालभित्र पस्ने त परको कुरा भयो । यो अस्पतालको बाटो पनि मान्छेले फर्किएर हेर्दैनथिए । त्यहाँ कोरोना सर्छ भन्ने नै मान्छेको दिमागमा थियो ।

    फेरि पनि मानवसेवा त गर्नु नै थियो । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर पार्टी यहाँको वाइसीएल नेपालको आयोजनामा हामीले काम सुरु गर्यौं । र, अहिले हामीले यहाँ १२-१५ जनाको टिमले काम गर्दैगर्दा बल्ल यहाँका अन्य राजनीति दल, सामाजिक संघ-संस्था र आम नागरिकलाई ए ! कोरोना यतिकै त नलाग्ने रैछ भन्ने परेको छ । सुरक्षा मापदण्ड अपनाएर काम गर्यो भने त केही नहुने रहेछ । विरामी हुँदा झोलिलो पोषिलो खाने कुरा खाए कोरोनासंग जुध्न सजिलो हुने रैछ भन्ने बल्ल मान्छेहरु बुझ्दैछन ।

    अझै अर्को अचम्मको कुरा त केछ भने, हिजो महामारी उत्कर्षमा पुग्दैगर्दा टाउको लुकाएर बस्ने यहाँका केही राजनीतिक दलले माओवादीलाई यहाँ किन कार्यक्रम गर्न दिनु भयो ? भनेर जिल्ला प्रशासन र अस्पताल व्यवस्थापनसंग लविङ्ग गरिरहेको जानकारी हामिले पाएका छौँ । म उहाँहरूलाई के भन्छु भने अवरोध पुर्याउने काम नगर्नुस बरु आउनुहोस् संगै मानवसेवा गरौं । यहाँ हामि भोट माग्दै छैनौं । पिडित जनतालाई थोरै भएपनी सहयोग गर्न खोजिएको मात्र हो । तपाईं  पनि त्यही चाहनुहुन्छ भने आउनुहोस, संगै काम गरौं । तर, आफुले पनि नगर्ने अरुको पनि खुट्टा तान्ने काम नगर्न म त्यस प्रकारका साथीहरूलाई अनुरोध गर्दछु ।

    हामिले गरेको कार्यबाट यहाँका विरामी र उहाँका परिवारले हामीलाई हौसला प्रदान गर्नुभएको छ । जस्तोसुकै चुनौती आएपनि हामीले यो मानवीय कार्यलाई निरन्तरता दिने छौं ।

    यी सबै काम गर्दा लाग्ने तपाईंहरुको दैनिक बजेट चै कति हो ? र, आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?

    आर्थिक अलि जटिल विषय पनि रैछ । हामिले यहि बुझेर यो कार्य सुरु गर्नु अघि पार्टी कमिटी र वाइसीएलका साथीहरूले केही कोष जम्मा गर्यौं । काम सुरु गरिसकेपछी तपाईंहरु जस्ता अन्य मिडियाको हामिले राम्रो साथ पायौं जसका कारण यहाँका समाजसेवी, उद्योगी र देशका अन्य भाग र विदेशबाट समेत धेरै साथीहरुले हामीलाई यथासक्य आर्थिक सहयोग गर्नुभयो । आजसम्म हामी उहाँहरुकै सहयोगले गर्दा यहाँ  आएका छौँ ।
    अहिले दैनिक लगभग ४ हजार हाम्रो खर्च छ । म ती सहयोगी मनहरूलाई तपाईंको मिडिया मार्फत धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
     

    यसरी काम गर्दै गर्दा चाहिने पिपिइ सेटहरू कहाँबाट प्राप्त गर्नुहुन्छ ?

    यो हामिले खरिद नै गर्ने हो । जो गरिव हुनुहुन्छ उहाँहरुलाई हामी सबै हाम्रै रकमबाट गर्छौ । तर, जो चाहिँ सम्पन्न हुनुहुन्छ तर विविध कारणले आफै शब व्यवस्थापन गर्न सक्नुहुन्न उहाँहरुलाई चै आफ्नो परिवारको शव व्यवस्थापनमा प्रयोग हुने पिपिइ सेट सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।


    यसरी सामाजिक काम गर्दैगर्दा तपाईंको टिमको कोहि साथीहरू पनि संक्रमित हुनुभएको छ कि ?

    छैन, अहिलेसम्म हामी सबै सुरक्षित छौं ।

    लामो समय देखि कोभिडकै विरामीसंग काम गरिरहनुभएको छ । योसंग लड्ने सजिलो तरिका के हुन सक्छ ? संक्रमित र संक्रमण भएर निको भएका र उहाँका परिवारहरुले के भन्नुहुन्छ ?

    हो, हामी उहाँहरुसंग कुरा गर्छौं । र, यहाँ के पनि देखिन्छ भने विरामी अस्पताल ल्याउँदासम्म अक्सिजन लेभल राम्रो छ । तर यदि उस्को छेउँको बेडको विरामीको मृत्यु भयो भने रातारात विरामीको अक्सिजन लेभल ५० मा घटेको पनि छ । त्यसैले यो बुझ्न् सकिन्छ कि आत्मवल बलियो भयो भने कोरोनासंग लड्न सजिलो हुन्छ ।

    अर्को हामिले यहाँ के देख्यौं भने हामीकहाँ रोग लुकाउने बानी छ । यहाँ आएका धेरै विरामी र आफन्तले भन्नुपनि हुन्छ । धेरै जना अवस्था नाजुक भएपछि मात्रै अस्पताल आउनुहुन्छ ।

    दोस्रो कुरा हो खानपान, मैले अघिनै पनि भने कोरोनाको विरामिलाई प्रशस्त झोलिलो र पौष्टिक आहार दिइनुपर्छ र सकेसम्म शारीरिक व्यायम गर्नुपर्छ । त्यो भयो भने कोरोनासंग लड्न सजिलो हुन्छ । यसप्रकारको अनुभव हामिलाई कोरोना संक्रमण पछी निको हुने विरामी र उहाँका आफन्तजनले सुनाउनुहुन्छ । कतिपयले यहाँ ज्वानो पानी, वेसार पानी, चिया, अण्डा जस्ता पौष्टिक खानेकुरा निशुल्क पाइन्छ भन्ने सुनेपछि नै रोग हल्का भएको महसुस गरेको हामीलाई बताउनुहुन्छ ।

    तपाईंलाई जानकारी दिउँ, अहिले हामिलाई सहयोग गर्नेहरु मध्य धेरै जना कोरोना संक्रमणबाट निको हुनुभएकाहरु धेरै हुनुहुन्छ ।  

    हाम्रो तीनवटा शिफ्ट छ । हामी विहान ७ बजे देखि साढे ७ बजेसम्म हामी प्रत्यक्ष खट्छौं । बिहान ५ जना आउँछौ । दिउँसो ४ जना र सांझ ५ जना गर्दा १४-१५ जनाको टिम अहिले परिचालित छ ।

    तपाईको टिममा अहिले दिनहुँ सेवा गर्ने कति जना हुनुहुन्छ ?

    हाम्रो तीनवटा शिफ्ट छ । हामी विहान ५ जना आउँछौ । दिउँसो ४ जना र सांझ ५ जना गर्दा खेरी १४-१५ जनाको टिम अहिले परिचालित छ ।

    विहान कति बजे सुरु गर्नुहुन्छ र सांझ कतिबजेसम्म रहनुहुन्छ ?

    हामी बिहान ५ बजे देखि सांझ साढे ७ बजेसम्म यहाँ सेवा प्रदान गर्छौं ।


    स्थानीय सरकारबाट के सहयोगको अपेक्षा  गर्नुहुन्छ ?
     
    कुरा भएको छ । हेरौं के गर्नुहुन्छ । अरु धेरै गर्न नसकेपनि यसप्रकारको कार्यक्रम संचालन गरेवापत धन्यवाद ज्ञापन मात्रै गरिदिनुभयो भने खुसी कै कुरा हुन्छ ।

    यहाँ अक्सिजनमा दलाली छ । औंषधीमा दलाली छ । वेड मिलाउने कुरामा दलालीपन छ । यी सबै कुराको अनुगमन हुन जरुरी छ । कतिसम्म भने डाक्टरले पनि आफ्नै दलाल यहाँ राखेको हामिले भेटेका छौँ । भित्र निशुल्क पाईने औंषधी समेत मिलेमतोमा बाहिरबाट ल्याउने गरिएको पाइएको छ । यी सबै कुरासंग लडाइ लड्नु छ ।

    संक्रमित र उहाँको परिवारलाई के भन्न चाहानुहुन्छ ?

    जहाँ जादा पनि कोरोनामात्रै नभन्न र कोरोना बोकेर नहिड्न म अनुरोध गर्छ । सुरक्षाका मापदण्ड पालना गर्यो भने संक्रमण हुनबाट बचिन्छ । यदि रोग लागिनै हाल्यो भनेपनी त्यो रोगसँग म लड्न सक्छु भनेर आत्मवल बलियो बनाइयो भने धेरै हदसम्म सजिलो हुन्छ ।

    अन्त्यमा सेतोमसीमार्फत के भन्न चाहानुहुन्छ ?

    सर्वप्रथम त हाम्रो कामलाई मिडियामार्फत जनता सामू पुर्गाउन सहयोग गरेकोमा सेतोमसी टिमलाई विशेष धन्यवाद दिन चाहान्छु ।

    हामिले सुरुगरेको यो मानवसेवाकै विरुद्धमा धेरै मान्छेहरु लागेका छन् । विशेष गरेर राजनीतिक दलका साथीहरु हाम्रो र हाम्रो कामको विरुद्धमा लागेका छन् । दोस्रो कुरा यहाँ अस्पतालभित्र धेरै फोहोरी कुराहरु छन् । जसलाई यहाँको जिल्ला प्रशासन, अस्पताल व्यवस्थापनको ध्यान पुग्न सकेको छैन । 

    यहाँ अक्सिजनमा दलाली छ । औंषधीमा दलाली छ । वेड मिलाउने कुरामा दलालीपन छ । यी सबै कुराको अनुगमन हुन जरुरी छ । कतिसम्म भने डाक्टरले पनि आफ्नै दलाल यहाँ राखेको हामिले भेटेका छौँ । भित्र निशुल्क पाईने औंषधी समेत मिलेमतोमा बाहिरबाट ल्याउने गरिएको पाइएको छ । यी सबै कुरासंग लडाइ लड्नु छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।