१० जेठ पपुवा न्युगिनी- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमा एनआरएनए पपुवा न्युगिनीले सहयोग गरेको छ । अभियान अन्तर्रगत पपुवा न्युगिनीमा रहेका नेपालीहरुको सहयोगमा उठाइएको १० लाख बढी रकम सहयोग पठाइएको हो ।
कोभिड – १९ को संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो छ । गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग पनि त्यत्तिकै बढीरहेको छ । देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरिसकेको छ ।
अभियानमा जोडिएर एनआरएनए पपुवा न्युगिनीले ५ लाख बढी रकम एनआरएनए आइसिसी मा पठाइएको हो भने त्यतिनै बढी रकम कोरोना बाट अति प्रभावित पश्चिम् नेपाल स्थित बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा पठाइएको संस्थाका अध्यक्ष मोहन बाबू पन्तले जानकारी दिनु भयो ।
बडिगाड गाउँपालिकामा पठाइएको उक्त रकमबाट गाउँपालिकामा तिन ओटा अक्सिजन कन्सनट्रेटर मेसिन, २० बक्स फेस मास्क र सर्जिकल ग्लोब लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष मेयरसिङ पाइजालाइ हस्तान्तरण गरिएको बरिस्ठ उपाध्यक्ष पोषण पुनले बताउनु भयो । पुनका अनुसार ती कन्सनट्रेटर लगायत स्वास्थ्य सामग्री घरबिदामा रहनु भएका युबा संयोजक दिपेन्द्र थापाले एक कार्यक्रमका विच आइतबार गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो ।
पपुवा न्युगिनीमा यो अभियान संचालन गरि रकम संकलन गर्न उपाध्यक्ष द्वय नबराज भट्टराई, नारायण भण्डारी, महासचिव द्वय हिमाल गौतम, बिश्नु दर्नाल, गणेश बाबू अधिकारी, प्रबक्ता संजिब पोखरेल, इन्दु रास्कोटी, सरोज अर्याल, नवीन खड्का, यसै गरि दुर्गा भवानी भट्ट, केशब राना, सुरेश सुवेदी, हरिशचन्द्र अधिकारी, सोम थापा लगायत हरेक प्रोभिन्समा रहनुभएका नेपालीले बिशेष भुमिका निर्वाह गर्नु भएको थियो ।
अध्यक्ष पन्तले आफुहरु संख्याको हिसाबले पपुवा न्युगिनीमा थोरै भए पनि यस्ता आइपर्ने समस्या समाधानको निम्ति बिशाल मनका धनी सबै एकजुट भएर लागिरहेको र अबका दिनमा पनि यसै गरि लाग्ने बताउनु भयो ।
हरेक पटक देश दुख्दा हाम्रो पनि मन दुख्छ तसर्थ हामिले थोरै भए पनि सहयोग गरेर कसैको ज्यान बचाउन मद्दत पुग्ने हुंदा यहाँ रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताउनुभयो । ७२ सालको भुकम्प जांदा पनि ५२ लाख बढि संकलन गरि नेपाल पठाएको स्मरण गर्दै यो अभियानमा जोडिएर सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिनु भयो ।
यस अघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूताबासको सहयोग तथा सहकार्यमा ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको हो ।
यसै अभियानमार्फत एनआरएनएले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेका छ ।
अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने एनआरएनए पपुवा न्युगिनीको अभियानमा सहयोग गर्ने सहयोगीहरुको नामावली

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology