पपुवा न्युगिनी । आफ्नो मातृभुमीको पछिल्लो स्वास्थ्य अबस्थालाइ देखेर बिदेशमा रहेका नेपालीहरु निकै चिन्तित बनेकाछन । देशमा कोभिड बिरामीहरुलाइ अक्सिजन अभाव भैरहेको बेला विभिन्न देशमा रहेका नेपालीहरुले सहयोग रकम संकलन गरेर अक्सिजन सिलिन्डर पठाएर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिसकेका छन भने केही अक्सिजन सिलिन्डर खरिदको लागि सहयोग रकम उठाइरहेका छन ।
यसैबिच एनआरएनए पपुवा न्युगिनीको पहलमा त्यहाँ रहेका नेपालीहरुले पनि नेपालमा अक्सिजन सिलिन्डर पठाउनको लागि सहयोग रकम उठाइरहेको छ । 'अक्सिजन पठाऔं- परिवार र आफन्त बचाऔं' अभियान मार्फत सहयोग रकम संकलन गर्न लागिएको एनआरएनए पपुवा न्युगिनीका प्रबक्ता संजिब पोखरेलद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
आज आफुहरु कामको सिलसिलामा सात समुन्द्र पारी भए पनि मन जतिबेला पनि आफ्नो घरपरिवार, आफन्त, साथिभाइ, गाउँ समाज र देशमा केन्द्रित भईरहेको बताउँदै विज्ञप्तिमा अक्सिजन नपाएर घरमै बाटोमै मृत्यु हुने अबस्थामा देख्न नसकेर "अक्सिजन पठाऔं- परिवार र आफन्त बचाऔं" अभियानमा संचालन गरिएको बताइएको छ ।
एनआरएनए पपुवा न्युगिनीले सुरु गरेको यो अभियानमा अहिले सम्म ३ लाख भन्दा बढी रकम संकलन भएको जनाउँदै प्रेस बिज्ञप्तिमा उठेको रकम र कोषको रकम मध्यबाट ५ लाख बराबर एनआरएनए ग्लोबल मार्फत नेपालमा अक्सिजन पठाइने र भने बाकी रकम पश्चिम् नेपालको बाग्लुङ जिल्ला अन्तर्गत कोरोनाबाट अति नै प्रभावित बडिगाड गाउँपालिकामा सहयोग गरिने बताइएको छ ।
अभियानमा संस्थाका अध्यक्ष मोहन बाबू पन्त, बरिस्ठ उपाध्यक्ष पोषण पुन, महासचिव हिमाल गौतम सहित नबराज भट्टराई, नारायण भन्डारी, बिश्नु दर्नाल, अशोक गौतम, इन्दु रास्कोटी, केशब रानाको टिम सहयोग संकलनको लागि खटिइरहेको छ ।
स्मरण रहोस, एनआरएनए पपुवा न्युगिनीले हरेक पटक देश दुखेको बेला सहयोग गर्दै आइरहेको छ । यो भन्दा अगाडी ७२ सालको भुकम्पमा पनि झन्डै ५२ लाख सहयोग गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology