Logo

२०८३, आश्विन ९गते


images
images

निर्वाचन जितेर पाँच बर्षसम्म अनुहार नदेखाउने नेतालाई बहिस्कार गरौँ: चापागाईं

निर्वाचन जितेर पाँच बर्षसम्म अनुहार नदेखाउने नेतालाई बहिस्कार गरौँ: चापागाईं

images
  • निर्वाचन जितेर पाँच बर्षसम्म अनुहार नदेखाउने नेतालाई बहिस्कार गरौँ: चापागाईं
    images
    images

    देवदह । चापाकल चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अधिवक्ता टिकाराम चापागाईंले निर्वाचन जितेर ५ बर्षसम्म जनतालाई अनुहार नदेखाउँने नेतालाई बहिस्कार गर्नुपर्ने बताएका छ्न् । 

    images
    images
    images

    देवदहमा भएको चुनावी कार्यक्रममा बोल्दै उनले जनताको प्रतिनिधि जनताको सुखदुःखमा काम लाग्नुपर्ने बताए । "यस क्षेत्रको विकास तथा हरेक सुखदुःखमा म जनतासंगै हुनेछु।" उनले भने, "मैले चुनाव जितेपछि यसै क्षेत्रमा सचिवलयको कार्यालय स्थापना गरेर जनताको समस्या समाधान गर्नेछु।"  

    images
    images
    images

    सोही क्रममा उनले सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । घरदैलो अभियानमा मतदाताले व्यक्त गरेका अभिव्यक्तिले आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा आफुले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।

    images
    images
    images

    टिकाराम चापागाइ रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमालेका छविलाल बिश्वकर्मा र गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकाराम चापागाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।