Logo

२०८३, आश्विन ९गते


images
images

टिकाराम चापागाईंले अन्य उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला 'निराधार'

टिकाराम चापागाईंले अन्य उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला 'निराधार'

images
  • टिकाराम चापागाईंले अन्य उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्ला 'निराधार'
    images
    images

    रुपन्देही । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईंले आफुले कुनै दललाई समर्थन नगरेको बताएका छन् । चापागाईंको सचिवालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चापागाईंले अन्य दललाई समर्थन गरेको भन्ने हल्ला निराधार र कपोल्पित भएको भएको जनाएको हो । 

    images
    images
    images

    जारी विज्ञप्ति भनिएको छ `मंसिर ४ गतेको निर्वाचन जतिजति नजिक आउदैछ, त्यति नै ठुला दल भनेर आफुलाई परिचित गराईरहनुभएका तथा बिभिन्न गठबन्धनको जोडबलमा निर्बाचनमा प्रतिस्पर्धा गरिरहेका दलहरुले बिभिन्न भ्रमहरु सृजना गरि आममतदातालाई गलत सूचना प्रवाह गरिरहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।'

    images
    images
    images

    चापागाईंले आफ्नो पक्षमा मतदाताको आकर्षण बढ्दो क्रममा रहेको स्वतन्त्र उमेद्वारको पक्षमा माहोल बढेपछि पराजित मानसिकताका कारण अत्तालिएर विभिन्न अफवाह फैलाउदै हिडेको भन्दै आपत्ति जनाएका छन् । विज्ञप्तिमा स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईले उम्मेदवारी निष्कृय पार्यो अथवा आर्थिक प्रलोभनमा परि अन्य कुनै उम्मेदवारलाई सघायो भन्ने कुरा गलत वा अकल्पनिय भन्दै आम रुपन्देहीबासीलाई त्यस्ता मिथ्या कुरामा बिश्वास नगर्न समेत आग्रह गरिएको छ ।

    images
    images
    images

    चापागाईंले समग्र निर्वाचन र लोकतान्त्रिक पद्धतिप्रति आम नागरिकमा बढिरहेको नकारात्मक धारणालाई चिर्दै अघि बढ्नु सबै सचेत नागरिकको कर्तब्य र जिम्मेवारी उल्लेख गरेका छ्न् । उनले मतदाताहरुलाई कुनै पनि नियोजित हल्लाको पछि नलाग्न अपिल गरेका छ्न् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकाराम चापागाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।