रुपन्देही । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अधिवक्ता टिकाराम चापागाईंले हरेक युवालाई उत्पादनसँग जोड्ने बताएका छ्न् ।
रुपन्देही धकधइको चुनावी सभालाई सम्बोधन गर्दै चापागाईंले सो कुरा बताएका हुन्।
उनले युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरहरूको सिर्जना गरि हरेक युवाहरूलाई उत्पादनसँग जोड्ने बताए । उनले भने "अहिले युवाहरु माध्यमिक अध्ययन सकेसङ्गै बिदेश जाने लाइनमा हुन्छन् । देशमा रोजगारको सम्भावना हुदा हुँदै पनि सहि नेतृत्व नहुदा युवा खाडी जान बाध्य छ्न् ।" उनले थपे, "हाम्रो उत्पादनलाई रोजगारसंग जोड्न बाताबरण भएमात्र देशलाई समृद्धिको बाटोमा लान सकिन्छ ।"
टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन । उनीसंगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology