रुपन्देही । रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईले निस्वार्थ जनताको सेवा गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । मंगलबार देवदहमा घरदैलो गर्दै चापागाईंले व्यक्तिगत स्वार्थको लागि आफुले राजनीति नगरेको र भोलि पनि नगर्ने बताए ।
गाउँगाउँमा मत माग्न मतदाताबीच जाँदा न्यानो माया र समर्थन पाएको उल्लेख गर्दै चापागाईंले आफ्नो उम्मेदवारीले जनता उत्साहित भएको बताए ।
"निस्वार्थ राजनीति गर्नेहरूको पक्षमा जनता हुन्छन् भन्ने महसुस मैले गरेको छु" कोणसभालाई सम्बोधन गर्दै उनले भने, "मतदाताहरूले मलाई विश्वास गर्नुभएको छ । म निर्वाचित भएपछि कहिले पनि जनमत विपरीत जाने छैन।"
पार्टीबाट आजित भएका मतदाताहरुले आफुलाई बिश्वास गरेको आफुलाई मत दिने वाचा गरेको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology