Logo

२०८३, आश्विन ९गते


images
images

फरक शैली अपनाउदै टिकाराम, र्‍यापले मतदाता रिझाउँदै (भिडियो सहित)

फरक शैली अपनाउदै टिकाराम, र्‍यापले मतदाता रिझाउँदै (भिडियो सहित)

images
  • फरक शैली अपनाउदै टिकाराम, र्‍यापले मतदाता रिझाउँदै (भिडियो सहित)
    images
    images

    देवदह । कुनै समय थियो, चुनावी प्रचारप्रसारका लागि नेता तथा कार्यकर्ताहरुले पर्चा, पम्पेटहरु प्रयोग गर्दथे । त्यसका लागि उनीहरुले लाखौँ रुपैयाँ खर्चिन्थे । तर अहिले प्रविधिको विकाससंगै सामाजिक संजाल र एसएमस मार्फत चुनावी प्रचार प्रसार गर्ने क्रम बढ्दो छ । 

    images
    images
    images

    रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा स्वतन्त्र पदका स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईंले चुनावमा मत माग्न फरक शैली अपनाएका छ्न्। उनले मतदाता रिझाउन र्‍याप गीत सर्वजनिक गरेका छ्न् । 
     
    महाकालको शब्द र स्वर मा रहेको गीतमा भोट फर टिकाराम भनिएको छ । गीतले पुराना नेतालाई हराउँदै स्वतन्त्र उम्मेदवार टिकारामलाई जिताउ भनिएको छ । दलका नेताहरूलाई धेरै पटक हेरिएको भए पनि अब मतदाताले आफ्ना नेतालाई मत दिनुपर्ने अनि मात्रै विकास हुने बताईएको छ ।
     
    र्‍याप विश्वव्यापी रुपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्‍याप संगीत पश्चिमी देशमा अधिक प्रचलित छ।

    images
    images
    images

    नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरुमा र्‍याप संगीतको लोकप्रिय ‘जनरा’ का रुपमा स्थापित हुँदै गएको छ। विशेषत: युवा पुस्तामा र्‍याप लोकप्रिय छ।

    images
    images
    images

    स्थानीय तह निर्वाचनमा काठमाडौंका हालका मेयर बालेन्द्र साहका फ्यानहरूले समेत उनलाई र्‍याप मार्फत विभिन्न ढंगले मत मागेका थिए । मंसिर ४ कै निर्वाचनलाई लक्षित गर्दै केही दिनअघि नेकपा माओवादी केन्द्रले पनि चुनावी गीतको रूपमा र्‍याप सार्वजनिक गरेको थियो ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकाराम चापागाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।