सिद्धार्थनगर । माओवादी केन्द्र, सिद्धार्थनगरले कोभिड संक्रमणबाट मृत्यु भएका ब्यक्तीको परिवारलाई अन्त्यष्टीको प्रक्रियासम्म नै सहयोगमा गर्ने कार्यको सुरुवात गरेको छ ।
कोहि पनि कोभिडको कारण ज्यान गुमाउने परिवारको सदस्यले अनुरोध गरेमा नि:शुल्क शववाहन उपलब्ध गराउँने देखि आवश्यक परेको अवस्थामा घाटसम्म नै पार्टीको स्वयंसेवक टिम पुग्ने र अन्त्यष्टिमा सहयोग गर्न मिल्ने हरेक कार्यमा सहयोग गर्ने पार्टी इन्चार्ज तिरबहादुर रोका 'डार्विन' बताए ।
तिलोत्तमा ७ निवासी ५२ बर्षिय पुरुषको भैरहवा स्थित भिम हस्पिटलमा निधन भएपछि शुक्रबार (आज) दिउँसो मृतकका परिवारको अनुरोधमा भैरहवा स्वर्गद्वारी घाट सम्म पुर्याउने र दाह संस्कारमा सहयोग गर्ने कार्य गरेको पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology