Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

सुप, पानी, चिया र अण्डा वितरणसंगै शव पनि नि:शुल्क व्यवस्थापन गर्दै माओवादी केन्द्र

सुप, पानी, चिया र अण्डा वितरणसंगै शव पनि नि:शुल्क व्यवस्थापन गर्दै माओवादी केन्द्र

images
  • सुप, पानी, चिया र अण्डा वितरणसंगै शव पनि नि:शुल्क व्यवस्थापन गर्दै माओवादी केन्द्र
    images
    images

    भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले कोरोनाको संक्रमण भएर भीम अस्पतालमा रहेका बिरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण संगै कोरोना संक्रमणबाट मृत्यु भएका शवको समेत नि:शुल्क व्यवस्थापन गर्दै आएको छ ।

    images
    images
    images

    गत शनिबारदेखि सुरु गरिएको उक्त अभियान हालसम्म पनि जारी रहेको र महामारी अन्त्य नहुदासम्म जारी नै रहने माओवादी केन्द्र सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) जानकारी दिए ।

    images
    images
    images

    माओवादी केन्द्रले भैरहवामा दिनको तीन पटक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ देखि २ बजे र सांझ ५ देखी ७ बजेसम्म बिरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गर्दै आएको छ ।

    images
    images
    images

    कोरोनाका कारण अस्पतालमा भर्ना भएका बिरामी र  बिरामी कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानीय बजारमा निषेधाज्ञा जारी भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी प्रसाद न्यौपाने (टी. पी.) ले बताए ।

    त्यसै गरि योङ्ग कम्युनिस्ट लिग ( वाइसीएल) नेपालको विशेष नेतृत्वमा कोरोना संक्रमणबाट दिवंगत भएका शवहरु समेत नि:शुल्क सम्बन्धित परिवारले अनुरोध गरेको स्थान सम्म पुर्याइदिने र अन्त्यष्टीका अन्य कार्यहरुमा पनि आवश्यकता अनुसार मृतकका परिवारसंग सहकार्य गर्दै आएको र महामारी अवधीभरी उक्त कार्य गरिनै रहने वाइसीएल नगर संयोजक दिलिप प्रजापतिले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।