Logo

२०८३, श्रावण २७गते


images
images

कामना सेवा विकास बैंकद्वारा भैरहवाका विभिन्न क्षेत्रहरुमा मास्क वितरण

कामना सेवा विकास बैंकद्वारा भैरहवाका विभिन्न क्षेत्रहरुमा मास्क वितरण

images
  • सेतोमसी सहकर्मी
  • कामना सेवा विकास बैंकद्वारा भैरहवाका विभिन्न क्षेत्रहरुमा मास्क वितरण
    images
    images

    जितेन्द्र थारु, भैरहवा । कामना सेवा विकास बैंकले भैरहवाका विभिन्न क्षेत्रहरुमा मास्क वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सत्यसाई बृद्ध सेवा आश्रम र रानीगाउँ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स क्षेत्रमा नि:शुल्क मास्क वितरण गरेको हो । 

    images
    images
    images

    कामना सेवा विकास बैंक भैरहवा र कोटिहवा शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कोरोना भाइरस संक्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्न आग्रह गर्दै पाँच सय जनालाई नि:शुल्क मास्क वितरण गरिएको भैरहवा शाखाका आरएम शैलेन्द्र चौधरीले बताए । 

    images
    images
    images

    विगत केही दिनदेखि रुपन्देहीमा कोरोनाको ग्राफ बढ्दै जाँदा पनि मानिसहरु सार्वजनिक स्थलहरुमा आवतजावत गर्दा मास्क प्रयोग नगरेको बताउँदै कोरोना भाइरसबाट जोगिन नियमित रुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै नि:शुल्क मास्क वितरण गरिएको चौधरीले बताए । 

    images
    images
    images

    यसअघि पनि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने विपन्न परिवारहरुलाई राहत वितरण गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।