Logo

२०८३, आश्विन १०गते


images
images

प्याब्सन देवदहको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्याब्सन देवदहको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

images
  • प्याब्सन देवदहको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहले विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images
    images


    कार्यक्रममा प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथि एक नारायण काफ्लेले नेपालीहरुको महान चाडहरु मनाउँदा सभ्य र संस्कृति संरक्षणको लागि मनाउनु पर्नेमा जोड दिए । उनले चाडपर्वले हामी नेपालीहरुको बिचमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकताको सन्देश दिने भन्दै चाडपर्वले हुनेखाने र हुँदा खाने सबैलाई खुशी पार्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । 

    images
    images
    images

     

    images
    images
    images

    प्याब्सन रुपन्देहीका सह सचिव तथा नगर प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले चाडपर्वलाई मर्यादित बनाउनको लागि नेपालीहरुले तडकभडकलाई त्याग्नु पर्ने बताए। उनले नेपाली पर्वहरु धार्मिक, वैज्ञानिक, सामाजिक र ऐतिहासिक महत्वसँग जोडिएकाले पछिल्लो पुस्ताले यसको महत्वलाई बुझेर पर्व मनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन रुपन्देहीका जिल्ला सदस्य तथा नगर सल्लाहकार महेश पराजुली, सदस्यहरु गुरुप्रसाद पौडेल, विष्णुप्रसाद अर्याल र नारायणी पब्लिकका प्रिन्सिपल तथा पूर्व कार्यसमिति सदस्य प्रेम नारायण केवट लगायतले शुभकामना व्यक्त गरेका थियो ।       

     

    प्याब्सन नगर अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा सचिव कृष्ण प्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याब्सन देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।