Logo

२०८३, आश्विन १०गते


images
images

प्याब्सन देवदहको आयोजनामा चौंथो खेल महोत्सव हुने

प्याब्सन देवदहको आयोजनामा चौंथो खेल महोत्सव हुने

images
  • प्याब्सन देवदहको आयोजनामा चौंथो खेल महोत्सव हुने
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) देवदहको आयोजनामा चौंथो खेल महोत्सव २०८१ हुने भएको छ । आगामी माघ १६ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त खेल महोत्सवमा ३२ वटा इभेन्टमा करिब ६ सय पचास विद्यार्थी खेलाडीहरु सहभागी हुने खेल संयोजक बोधराज गौडेलले जानकारी दिए ।

    images
    images
    images


     बार्षिक क्यालेण्डरमा निर्धारित समयमा देवदह नगरपालिकाले आयोजना गर्ने राष्ट्रपति खेल जुधेको तथा  कक्षा ८ र १० को परीक्षा समेत परेको हुँदा उक्त समयमा खेल सञ्चालन गर्न लागिएको अध्यक्ष रामबहादुर गुरुङले बताए । खेलको माध्यमबाट विद्यालयहरुको सम्बन्ध अझ प्रगाढ हुने र खेलाडी विद्यार्थीहरुको लागि खेलकुद महोत्सवको रुपमा स्थापित हुँदै गएको स्मरण गराउँदै अध्यक्ष गुरुङले बर्षेनी हुने यस्ता कार्यक्रमले राष्ट्रको लागि आवश्यक दक्ष खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे ।

    images
    images
    images


    खेलको माध्यमबाट विद्यार्थीहरुमा समेत आत्म विश्वास बढ्ने , सामुहिक कार्य गर्ने बानीको विकास हुने, अनुशासनको महत्व थाहा हुने , सार्वजनिक कार्यक्रमहरुमा सहभगी भइ आफ्‌नो उज्जवल भविष्य निर्माणमा लाग्न प्रेरणा प्राप्त हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गरिएको खेल संयोजक गौडेलले बताए ।

    images
    images
    images

    प्याब्सन देवदहले स्थापना गरेको रनिङ शिल्ड हालसम्म कुनै विद्यालयले पनि लगातार ३ बर्ष जित्न नसकेकोले कसैले हात पार्न सकेको छैन । 

    गत २ बर्ष लगातार विजयी बनिसकेको देवदह बुद्ध पब्लिक ई.बो.स्कूलले यस पटक पनि विजयी बनेर रनिङ शिल्ड हात पार्ने योजना सहित खेलमा सहभागी हुँदै छन् भने यसअघि उपविजेता बन्ने विद्यालयहरुले समेत यस पटकको रनिङ शिल्ड आफूहरुले जित्ने दावी गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।