Logo

२०८३, आश्विन १०गते


images
images

प्याब्सन देवदहको तेस्रो अधिवेशन सम्पन्न, गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्याब्सन देवदहको तेस्रो अधिवेशन सम्पन्न, गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

images
  • प्याब्सन देवदहको तेस्रो अधिवेशन सम्पन्न, गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको अध्यक्षमा रामबहादुर गुरुङ निर्वाचित भएका छन् । प्याब्सनको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

    images
    images
    images

    नवनिर्वाचित कार्यसमितिको सचिवमा कृष्णप्रसाद गैरे र कोषाध्यक्षमा टिकाराम चापागाई रहेका छन् । जसको सदस्यहरुमा महेश पराजुली, गुरुप्रसाद पौडेल, प्रेम नारायण केवट, हरि भट्टराई र प्रमुख सल्लाहकारमा बोधराज गौडेललाई चयन गरिएको प्याब्सनले जनाएको छ । 

    images
    images
    images

    अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थीले राज्यले निजी विद्यालय प्रति गरेको विभेदको छिट्टै अन्त्य हुने बताए । निजी विद्यालयलाई सिध्याउने गरी बनेको शिक्षा विधेयक परिमार्जन भइसकेको भएता पनि अन्तिम रुप लिन अझै समय लाग्ने हुँदा सम्पूर्ण निजी विद्यालय सञ्चालकहरु चनाखो हुनु पर्नेमा उनले जोड दिए । उनले  छात्राबृत्तिमा देखिएको विभेद पनि आगामी शैक्षिक सत्रदेखि अन्त्य हुनेमा विश्वास व्यक्त गरे । 

    images
    images
    images

    त्यसैगरी प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेयले हाम्रो लगानी सुनिश्चितताका लागि देशैभरिका निजी विद्यालयका सञ्चालकहरुले संगठन र नेतृत्वलाई विश्वास गरेर साथ दिनुपर्ने बताए । 

    कार्यक्रममा प्याब्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौडेल, जिल्ला अध्यक्ष अनन्तराम शर्मा, वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्ले, जिल्ला सह सचिव बोधराज गौडेल लगायतले नयाँ निर्वाचित कार्यसमितिलाई उत्कृष्ट पालिकाको पहिचान बनाउन सफल भएको भन्दै देवदह प्याब्सनको  नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

    अधिवेशनमा अध्यक्ष रामबहादुर गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष टिकाराम चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका प्रतिवेदन सर्वसम्मत पारित भएको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याब्सन देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।