Logo

२०८३, आश्विन १०गते


images
images

प्याब्सन देवदहका अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरु सम्पन्न

प्याब्सन देवदहका अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरु सम्पन्न

images
  • प्याब्सन देवदहका अन्तरविद्यालय स्तरीय प्रतियोगिताहरु सम्पन्न
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन प्याब्सन देवदहको आयोजनामा अन्तर विद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । जस अन्तर्गत मा.वि. स्तरीय बुद्धिचाल प्रतियोगितामा देवदह बुद्ध पब्लिकका सुपर श्रेष्ठ प्रथम, ग्रीन प्लान्टका प्रिन्स ठकुरी द्वितीय, सेवेन स्टारका सन्देश खनाल तृतीय र देवदह मदर टङ्गस एकेडेमीका पूर्ण बहादुर सारु सान्त्वना भएका छन् । 

    images
    images
    images

    त्यसैगरी आधारभूत तहको वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड एकेडेमीकी प्रभा कार्की प्रथम, देवदह बुद्ध पब्लिककी अनुस्का भण्डारी द्वितीय, ग्रीन प्लान्टकी समृद्धि न्यौपाने तृतीय र एसियन लाइटका हंशराज यादव सान्त्वना भएका छन् । 

    images
    images
    images

    त्यसैगरी आधारभूत तह कक्षा ४ सम्मको हाजिरीजवाफ प्रतियोगितामा ग्रीन प्लान्ट मा.वि.प्रथम, सेवेन स्टार ई.बो.स्कूल द्वितीय, देवदह मदर टङ्गस एकेडेमी तृतीय र एसियन लाईट ई.बो.स्कूल सान्त्वना भएका छन् । 

    images
    images
    images

    Pav dev .jpg

    प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिका वडा नं.१ का वडाध्यक्ष दिपक प्रसाद नेपालले अतिरिक्त त्रियाकलापले विद्यार्थीहरुको ज्ञानको क्षितिज फराकिलो हुने र जीवनमा आइपर्ने हरेक समस्यासँग जुध्न सकिने बताए । 

    कार्यक्रममा प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्ले, प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेल, प्याब्सन जिल्ला कमिटि सदस्य महेश पराजुली लगायतले आ आफ्नो भनाइ राखेका थिए । 

    वक्तृत्वकलाको निर्णय रुकमगत बस्याल र गोमा पाण्डेयले गरेका थिए भने बुद्धिचाल प्रतियोगिताको निर्णायकको भूमिका राजन श्रेष्ठले निभाएका थिए ।

    एसियन लाईट ई.बो.स्कूल देवदह १ ढेकावरको आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिता अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, कोषाध्यक्ष टिकाराम चापागाईको स्वागत र सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याब्सन देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।