रुपन्देही । निजी तथा आवासीय विद्यालय अर्जनाइजेसन नेपाल (प्याब्सन) देवदहद्वारा आयोजित तेश्रो खेल महोत्सव देवदहको पानवारी खेलमैदानमा सुरू भएको छ । मंगलबार एक कार्यक्रमबीच प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले महोत्सवको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पन्थीले राज्यको शैक्षिक भार निजि विद्यालयले ग्रहण गरिरहेको बताउदै निजी क्षेत्रका शिक्षण संस्थाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको राज्यले कदर गर्नुपर्ने बताए । विद्यालयस्तरका प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुदको विकासमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लालहरी पाण्डे, प्याब्सन केन्द्रिय कमिटी सदस्य लेखनाथ न्यौपाने, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, देवदह बुद्ध पब्लिक आवसीय मा.विका संचालक समितिका अध्यक्ष जयकिशन अधिकारी लगायतले विचार व्यक्त गरेका थिए ।
प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खेल संयोजक बोधराज गौडेलले खेल महोत्सवबारे चर्चा गरेका थिए ।
खेल महोत्सवको उद्घाटन खेलमा छेलो प्रतियोगितामा एशियन लाईट स्कुलका अबिस थेडी प्रथम भएका छन्। त्यस्तै मदर टङ्स एकेडेमीका अञ्जन बिक दोस्रो र सेभेन स्टार स्कुलका समिर गाहा तेश्रो भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology