Logo

२०८३, आश्विन ९गते


images
images

रुरुक्षेत्रमा वडास्तरीय क्रीकेट प्रतियोगिता सुरु 

रुरुक्षेत्रमा वडास्तरीय क्रीकेट प्रतियोगिता सुरु 

images
  • रुरुक्षेत्रमा वडास्तरीय क्रीकेट प्रतियोगिता सुरु 
    images
    images

    माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा वडा स्तरीय क्रीकेट प्रतियोगिता सुरु भएको छ। टाहाटिम युवा क्लबको आयोजनामा गाउँपालिकाको खेलमैदान घ्यूवेशीमा आइतबारदेखि खेल सुरु गरिएको आयोजकले बताएको छ।

    images
    images
    images

    प्रतियोगितामा दर्जन बढी टिमको सहभागिता रहेको आयोजक टोलिका कमल गिरिले जानकारी दिए ।
    प्रतियोगिताको सुरुको दिन आइतबार दुई खेल सम्पन्न भएका छन् । जसमा कैलाशपुर क्रीकेट क्लब बलेटक्सारले धुर्कोट युवा क्लबलाई २ विकेटले पराजित गरेको छ भने अर्को खेलमा दिगाम क्रीकेट क्लबले नव क्षितिज युवा क्लब गौँडाकोटलाई ३५ रनले पराजित गरि आफ्नो अगाडिको यात्रा सुरक्षित गरेका छन् । 

    images
    images
    images

    बाँकी   खेल भोलि बिहान ८ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ। 

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद रु.१० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।