देवदह । देवदह प्रिमियर लिग (डिपिएल) अन्तर्गत आइतबार भएको मैत्रीपूर्ण क्रिकेट खेलमा पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) विजयी भएको छ । प्रतियोगिताको आयोजक डि–युनिटी युथ क्लब (देवदह लेजेन्ड्स) र इप्साबीच भएको खेलमा इप्साले १० रनको जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको इप्साले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । इप्साका लागि मधु सुवेदीले सर्वाधिक ३१ र नवीन पाण्डेले २६ रन बनाए ।
१३० रनको लक्ष्य पछ्याएको डि–युनिटी लेजेन्ड्सले १४.३ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो । लेजेन्ड्सका लागि राम चालिसेले ३२ र सुनिल रानाले १४ रन बनाए ।
बलिङतर्फ लेजेन्ड्सका पुरुषोत्तम पाण्डेले ३ विकेट लिए । इप्साका मधु सुवेदी र किशोर केवटले समान २ विकेट हात पारे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology