Logo

२०८३, आश्विन २७गते


images
images

शिक्षा

इप्सा रुपन्देहीद्वारा विद्यालयका चालक तथा सहचालकलाई रिफ्लेक्सन ज्याकेट वितरण

इप्सा रुपन्देहीद्वारा विद्यालयका चालक तथा सहचालकलाई रिफ्लेक्सन ज्याकेट वितरण

images
  • इप्सा रुपन्देहीद्वारा विद्यालयका चालक तथा सहचालकलाई रिफ्लेक्सन ज्याकेट वितरण
    images
    images

    देवदह । पूर्वी क्षेत्र निजी  विद्यालय  एसोसियसन   (इप्सा ) देवदह  रुपन्देहीले विद्यालयका चालक  तथा सह चालकका  लागी रिफ्लेक्सन ज्याकेट वितरण  गरेको छ । ट्राफिक सचेतना कार्यक्रम सहित एक समारोहका विच इप्साले चालक तथा सहचालकहरुलाई रिफ्लेक्सन ज्याकेट वितरण गरेको हो ।

    images
    images
    images


    कार्यक्रममा इप्सामा आवद्ध १७ वटा विद्यालयमा एक सय भन्दा बढि चालक तथा सहचालकहरुलाई रिफ्लेक्सन ज्याकेटा वितरण गरिएको इप्साका अध्यक्ष विनोद थापामगरले जानकारी दिए ।

    images
    images
    images

    सोही अवससरमा बोल्दै संस्थाका सल्लाहकार रामबहादुर गुरुङले सचेत चालक र सहचालकका कारण दुर्घटना न्यूनिकरण गर्न सकिने बताए । विद्यालयका सवारी साधनमा देशका भविष्यहरु सवार हुनेभएकाले पनि उनीहरुलाई शुरक्षित गन्तव्यसम्म लैजानको लागि चालक र सहचालकलाई ट्राफिक सचेतना आवश्यक रहेको बताए ।  

    images
    images
    images

    कार्यक्रममा ट्राफिक नियम सम्बन्धि जानकारी गराउँदै देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन बिष्टले दुर्घटना न्यूनिकरणका लागि आम नागरिक सचेत हुनुपर्ने औंल्याए । पछिल्लो समय बुटवल नारायणगढ विस्तारीत सडकका कारण दुर्घटना बढिारहेको भन्दै सडकमा यात्रा गर्दा ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनिकरण हुने बताए ।

    इप्साका सचिव कमल पौडेलको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका प्रेम नारायण केवट,  राजिब सापकोटा, नवीन पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।