देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसियसन (इप्सा) देवदह रुपन्देहीको आयोजनामा जुनियर तथा सिनियर निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
इप्सा अन्तर्गतमा १५ वटा संस्थागत विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा जुनियर तर्फ सगरमाथा आवासिय माविकी निजु श्रेष्ठ प्रथम, न्यू नमुनाकी आध्या नेपाल द्धितिय, मदरल्याण्ड एकेडेमीकी चेतना सुनारी तृतिय र ग्रिन प्लान्ट आवासिय माविका अल्विन न्यौपाने सान्त्वना भएका छन् ।
त्यसैगरी सिनियर तर्फ ग्रिनप्लान्टका संजोग थापा प्रथम, बुद्धपब्लिक इङ्गलिस बोर्डिङ्ग स्कुलका अनुष्का भण्डारी द्धितिय, सेभेन सटार इङ्गलिस बोर्डिङ्ग स्कुलका तन्नु खड्का तृतिय र न्यू नमुना इङ्गलिस बोर्डिङ्ग स्कुलका नयन थापाले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिका-७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले शिक्षाको विकासमा निजी विद्यालयह?को महत्वपूर्ण योगदान रहेको बताए । उनले सिकाई निरन्तर अघि बढ्ने विषय भएकोले आफैलाई सृजनात्मक ?पमा परिवर्तन गर्न विद्यार्थीह?लाई आग्रह गरे । अध्इक्ष अधिकारीले विद्यार्थीहरुले कितावी ज्ञानसंगै अतिरिक्त ज्ञान समेत हासिल गर्नुपर्नेमा जोड दिए ।
इप्साका सल्लाहकार कृष्ण प्रसाद पौडेल, महेश पराजुली, न्यू नमुना इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सिवि थापा, ग्रिनप्लान्ट आवासिय माविका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगाएतले बोल्दै शैक्षणिक क्रियाकलापसंगै समय समयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा सिर्जनशिलताको विकास हुने बताए ।
ग्रिन प्लान्ट आवासिय माविको आतिथ्यतामा भएको निबन्ध लेखन प्रतियोगितामा निर्णायकको रुपमा रमेश समर्थन र गोपि तिवारीले भुमिका निर्वाह गरेका थिए ।
इप्साका अध्यक्ष विनोद थापामगरको अध्यक्षता कार्यक्रम संयोजक राजिव सापकोटाको स्वागत र कमल पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology